२९ असार २०८३, सोमबार
चलचित्र पत्रकार संघ सुदूरपश्चिमले २६औं स्थापना दिवस जेठ २ गते मनाउने
सोमबार, बैशाख २२ १९:०४

चलचित्र पत्रकार संघ सुदूरपश्चिमले २६औं स्थापना दिवस जेठ २ गते मनाउने

धनगढी,  २२ वैशाख / सुदूरपश्चिम प्रदेशको सांस्कृतिक विविधता, भाषिक धरोहर, पर्यटन सम्भावना र चलचित्र उद्योगको समग्र विकासमा केन्द्रीत एकदिने अन्तरक्रिया कार्यक्रम आगामी जेठ २ गते धनगढीमा हुने भएको छ। उक्त कार्यक्रम चलचित्र पत्रकार संघ सुदूरपश्चिमले आफ्नो २६औं स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागेको हो।

संघका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। अन्तरक्रियामा क्षेत्रीय कलाकार, साहित्यकार, चलचित्रकर्मी, सञ्चारकर्मी, पर्यटन व्यवसायी, नीति निर्माता तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।

कार्यक्रमको उद्देश्य सुदूरपश्चिममा मौलिक सिर्जना र स्थानीय पहिचानलाई प्राथमिकतामा राख्दै भाषा, कला, साहित्य, पर्यटन तथा चलचित्र क्षेत्रको समृद्धिको मार्गचित्र तय गर्नु रहेको संघले जनाएको छ।

बैठकले यस्तै, जेठ ६ देखि ९ गतेसम्म इलाममा आयोजना हुने राष्ट्रिय चलचित्र कार्यशालामा संघका प्रतिनिधिहरू सहभागी गराउने निर्णय पनि गरेको छ। साथै, संस्थागत पुनर्संरचना अन्तर्गत सदस्यता नविकरण लगायतका अन्य सांगठनिक विषयमा समेत निर्णयहरू लिइएको अध्यक्ष जोशीले जानकारी दिए।

Sharing is caring!

साउथ इन्डियन’हिट: द थर्ड केस’फिल्ममा धनगढीका करण नागरी
सोमबार, बैशाख २२ १९:०४
स्पार्क कारको आयोजनामा हुने ‘स्पार्क एड्भेञ्चर’मा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने
सोमबार, बैशाख २२ १९:०४