२९ असार २०८३, सोमबार
महानायक राजेश हमालसहित ‘नरसिंहः अवतार’ फिल्मको टोली १४ गते धनगढी आउँदै
मंगलवार, जेष्ठ १३ २२:३७

महानायक राजेश हमालसहित ‘नरसिंहः अवतार’ फिल्मको टोली १४ गते धनगढी आउँदै

काठमाडौं, जेठ १३ – गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘नरसिंहः अवतार’ बारे दर्शकको प्रतिक्रिया लिन कलाकारहरूको टोली धनगढी आउन लागेको छ।

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्मका प्रमुख कलाकारहरू — महानायक राजेश हमाल, राज कटवाल, सनिशा भट्टराई, निर्माता छविराज ओझा, नरेन्द्र महर्जन तथा श्रीधर पौडेल सहितको टोली जेठ १४ गते धनगढीको टीएस सिनेमा दर्शकहरूसँगै बसेर फिल्म हेर्न आउने भएका छन्।

श्रीधर पौडेलका अनुसार, धनगढीपछि टोली नेपालगञ्ज, दाङ लगायत पूर्वका विभिन्न शहरहरूमा पुगेर दर्शकहरूसँग प्रत्यक्ष प्रतिक्रिया संकलन गर्ने योजना रहेको छ। टोलीले देशका विभिन्न भागमा पुगेर फिल्मप्रति दर्शकको अभिप्राय बुझ्ने र उनीहरूसँग संवाद गर्ने उद्देश्य राखेको छ।

Sharing is caring!

बुद्धिचाल संघमा पौडेल
मंगलवार, जेष्ठ १३ २२:३७
वरिष्ठ चलचित्रकर्मी मनोज केसी गणतन्त्र दिवसको अवसरमा सम्मानित
मंगलवार, जेष्ठ १३ २२:३७