१४ जेष्ठ २०८३, बिहीबार
वरिष्ठ चलचित्रकर्मी मनोज केसी गणतन्त्र दिवसको अवसरमा सम्मानित
शुक्रबार, जेष्ठ १६ १२:३२

वरिष्ठ चलचित्रकर्मी मनोज केसी गणतन्त्र दिवसको अवसरमा सम्मानित

काठमाडौं — वरिष्ठ चलचित्रकर्मी मनोज केसीलाई गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले ‘बागमती चलचित्र पुरस्कार’ प्रदान गर्दै सम्मान गरेको छ।

हेटौडामा आयोजित विशेष समारोहमा बागमती प्रदेशका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थितिमा केसीलाई औपचारिक रूपमा सम्मान गरियो। प्रदेश सरकारका अनुसार चलचित्रजस्तो सशक्त माध्यमबाट प्रदेशको प्रकृति, संस्कृति र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पु‍र्‍याएकोमा उनलाई प्रदेश प्रमुख दीपक देवकोटाले नगद सहित सम्मान प्रदान गरेका हुन्।

उक्त कार्यक्रममा केसीसँगै समाजका विभिन्न क्षेत्रमा सक्रिय रही योगदान पुर्‍याउने अन्य विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

११ वर्षको उमेरदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय भएका मनोज केसीले हालसम्म १५० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। अभिनयसँगै निर्देशन र निर्माणको भूमिकामा समेत सफल यात्रा तय गरेका केसी चलचित्र क्षेत्रका प्राविधिक पक्षमा पनि दक्ष मानिन्छन्।

चलचित्रकर्मी केसीको झन्डै चार दशक लामो योगदानलाई सम्मानित गर्नु चलचित्र क्षेत्रको मूल्याङ्कन र प्रेरणाको स्रोत भएको चलचित्र विश्लेषकहरूको धारणा छ।

सम्मान ग्रहणपछि केसीले प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै नेपाली चलचित्रको समग्र उन्नयन र विकासका लागि अझ बढी जिम्मेवारीका साथ क्रियाशील रहने प्रतिबद्धता जनाए।

Sharing is caring!

Latest News

महानायक राजेश हमालसहित ‘नरसिंहः अवतार’ फिल्मको टोली १४ गते धनगढी आउँदै
शुक्रबार, जेष्ठ १६ १२:३२
‘अब निरन्तर फिल्ममै लाग्नेछु’ — महानायक राजेश हमाल
शुक्रबार, जेष्ठ १६ १२:३२