६ बैशाख २०८३, आईतवार
भाउ खान लागि झिक्कै’ गीतको भव्य विमोचन
सोमबार, असार २ ०८:२१

भाउ खान लागि झिक्कै’ गीतको भव्य विमोचन

धनगढी असार १, काली कर्णाली क्षेत्रको सांस्कृतिक पहिचान बोकेको सुदूरपश्चिमेली डेउडा गीत ‘भाउ खान लागि झिक्कै’ को एक भव्य समारोहबीच विमोचन गरिएको छ।डेउडा प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरत बहादुर रावत ‘डोटेली कान्छा’ ले आइतवार धनगढीस्थित इमेज होटेलको सभाहलमा गीतको विमोचन गर्नुभयो।सुर्य बिसी र गौरी भट्टको सुमधुर स्वरमा सजिएको उक्त गीतमा संगीत तथा लय सुर्य बिसीको रहेको छ भने शब्द हिरा सिंह खड्काको रहेको छ। गीतको एरेन्ज भुमिराज थापा ‘माईलो’ ले गर्नुभएको हो।गीतको म्युजिक भिडियोलाई सुरेन्द्र संगमले निर्देशन गरेका हुन् भने कृष्ण बाबुले छायांकन र सम्पादन गरेका छन्।

परिवर्तन डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा ह्यारि कार्की, सरस्वती धामी, सुरेन्द्र संगम डोट्याल बड्डा, र रमिता बिष्टको अभिनय रहेको छ।मौलिक लोक गीत उजागर गर्ने उद्देश्यले तीन पुस्तालाई समेटेर तयार पारिएको यो गीत निर्देशक सुरेन्द्र संगमको सभापतित्वमा सम्पन्न कार्यक्रममा विमोचन गरिएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ चलचित्रकर्मी तथा निर्माता राजकुमार जोशीको उपस्थिति रहेको थियो।गीतकी मोडल सञ्चालन सञ्चारकर्मी तथा लोकगायक प्रेम बिबश चन्दले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशी, सञ्चारकर्मी सुनिता बुढा, संस्कृतिकर्मी तथा युवा नेता प्रकाश परियार लगायतका वक्ताहरूले नेपाली लोकसंगीतमा देखिएको विकृति र विसंगति हटाउँदै मौलिकताको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक रहेको धारणा राखे।उनीहरूले हालका अधिकांश कलाकारहरू केवल मनोरञ्जन र आर्थिक लाभको दृष्टिकोणले मात्रै गीतसंगीतमा लागिरहेकोप्रति चिन्ता व्यक्त गरे। साथै, सांगीतिक क्षेत्रमा मौलिकता, सामाजिक चेतना, र सन्देश बोकेका गीतहरूलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका थिए।

Sharing is caring!

Latest News

‘पूर्ण बहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलको अर्को कथा ‘कोशेढुङ्गा’
सोमबार, असार २ ०८:२१
“माया गर्ने जोडी” आधुनिक गितको म्युजिक भिडियो सार्वजनिक
सोमबार, असार २ ०८:२१