६ बैशाख २०८३, आईतवार
“माया गर्ने जोडी” आधुनिक गितको म्युजिक भिडियो सार्वजनिक
शनिबार, असार ७ १९:२९

“माया गर्ने जोडी” आधुनिक गितको म्युजिक भिडियो सार्वजनिक

धनगढी: सुरेन्द्र संगम (डोट्याल बड्डो) को निर्देशनमा छायाकंन भएको हर माया गर्ने जोडी आधुनिक गितको म्युजिक भिडियो बजारमा आएको छ । आज एक कार्यक्रमका बिच गायक तथा संगितकार समेत रहेका एम बि डी रेकर्डिङ स्टुडियोका संचालक दिपेन्द्र बुढाक्षेत्री को प्रमुख आतिथ्यमा म्युजिक भिडियोको बिमोचन गरिएको हो ।
कार्यक्रमका सभापति शिक्षक तथा कलाकार जया बोहरा रहेका थिए । सुदुरपश्चिमको सुन्दर पर्यटकिय स्थल कर्णाली र भल्का आसपासमा सुटिङ गरिएको म्युजिक भिडियो सनम सागर धामिको निर्माण र अभिनय रहेको छि । म्युजिक भिडियोमा सनम सागर लाई अभिनयमा आरति शाहिले साथ दिएकि छिन् । दिपेन्द्र बुढा क्षेत्रीको लय, शब्द तथा ऐरेन्जमा नरेश धामी र निशा सुनारको स्वर रहेको छ।,

कृष्ण बाबुको छायांकन सम्पादन रहेको म्युजिक भिडियो माया गर्ने जोडी मोडल सनम सागर धामि युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ। डेउडा गित बाट अभिनय यात्रा सुरु गरेका सनम सागरले दर्शक को माया पाए अझैँ यो क्षेत्रमा अगाडि बढ्ने र नयाँ नयाँ सिर्जना हरु बजारमा ल्याउने बताएका छन् ।

Sharing is caring!

Latest News

भाउ खान लागि झिक्कै’ गीतको भव्य विमोचन
शनिबार, असार ७ १९:२९
पुनर्वासमा ट्राफिक हवल्दारद्वोय जोशी र भण्डारी सम्मानित
शनिबार, असार ७ १९:२९