थारु चलचित्रका उज्यालो पात्र: संगत थारुलाई ‘प्रदेश प्रतिभा पुरस्कार ,२०८१ दुई दशकको योगदानको गौरवपूर्ण सम्मान
धनगढी, २९ असार
थारु समुदायको मौलिक संस्कृति, भाषा, र पहिचानलाई पर्दामा जीवित राख्न दुई दशकदेखि समर्पित थारु चलचित्रकर्मी संगत थारुले यस वर्षको ‘प्रदेश प्रतिभा पुरस्कार २०८१’ प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदान गरिने यो पुरस्कार क्षेत्रीय प्रतिभा र सांस्कृतिक योगदानलाई कदर गर्ने उद्देश्यले प्रदान गरिएको हो।
स्थानीय स्तरमा जन्मिएको भए पनि थारु चलचित्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन संगत थारुको भूमिकालाई विशेष मानिन्छ। कुनै चलचित्र मात्र होइनन् थुप्रै म्युजिक भिडियो समेत उनले सन्देशमूलक समेत सशक्त छवि बनाएका थारुले थुप्रै स्मरणीय चलचित्र मार्फत सामाजिक यथार्थ झल्काएका छन्।
पुरस्कार समारोहको अवसरमा प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्काले संगत थारुको योगदानलाई “थारु भाषा र पहिचानको संरक्षणका लागि सृजनशील लडाइँ” भन्दै प्रशंसा गरे। समारोहमा विभिन्न कलाकार, साहित्यकार, र सर्जकहरूको उपस्थिति रहेको थियो।
थारु समुदाय भित्रैबाट उदाएका संगतले सन् २०५८ मा पहिलो पटक पर्दामा पाइला टेकेका थिए। उनले थारु फिल्म एक दर्जनभन्दा बढी र थुप्रै म्युजिक भिडियोहरु लगायत चर्चित चलचित्रमा अभिनय गरे। धेरै चलचित्रहरू सामाजिक अन्याय, सांस्कृतिक विकृति र प्रेमका कथा बोकेका छन्।
पुरस्कारसँगै संगत थारुले संक्षिप्त मन्तव्य दिँदै भने, “यो सम्मान मेरा सबै सहकर्मी, दर्शक, र थारु भाषाको मायालुहरूलाई समर्पित छ। अबको यात्रामा अझ बढी सिर्जनशील भएर अगाडि बढ्ने प्रेरणा मिलेको भन्दै उनले धन्यवाद समेत टक्राए।
संगत थारुलाई प्रदान गरिएको यो सम्मान थारु चलचित्र क्षेत्रमा मात्र होइन, सिंगो सुदूरपश्चिमेली सिनेमा र संस्कृति संरक्षणको अभियानमा प्रेरणादायी मानिएको छ।
