९ बैशाख २०८३, बुधबार
फिल्म हराएका कलाकारलाई प्रज्ञा प्रतिष्ठानले दियो नगदसहित सम्मान कलाकारिता क्षेत्रमा योगदान कि पहुँचको प्रभाव?
सोमबार, असार ३० २०:३०

फिल्म हराएका कलाकारलाई प्रज्ञा प्रतिष्ठानले दियो नगदसहित सम्मान कलाकारिता क्षेत्रमा योगदान कि पहुँचको प्रभाव?

धनगढी, – असार ३०:
सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानद्वारा प्रदान गरिने २०८१ सालको प्रादेशिक प्रतिभा स्रष्टा सम्मान वर्ष नाट्यकला तथा चलचित्र विधातर्फ अम्बिका आचार्यलाई प्रदान गरिएको छ।११२ औँ भानुभक्त जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले उनलाई तीन दशकभन्दा लामो कलाकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मान सहित नगद २० हजार रुपैयाँ प्रधान गरेको हो।

तर, आचार्यलाई प्रदान गरिएको यो सम्मानले सुदूरपश्चिमको कलाकारिता क्षेत्रमै विवाद र बहसको वातावरण सिर्जना गरिदिएको छ। कलाकारहरूको एक समूहले सम्मानको पारदर्शिता, पात्रता र मापदण्डमाथि गम्भीर प्रश्न उठाएका छन्।

सम्मानको आधार के हो?

पुरस्कार वितरण कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले भने, “हामीले खुला आवेदन प्रक्रिया अपनाएका थियौं। अम्बिका आचार्यले आवेदन दिँदा आफूले चलचित्र क्षेत्रमा लामो समय योगदान दिएको प्रमाण पेश गरेका थिए । प्रक्रिया र प्रमाणका आधारमा उनलाई सम्मान गरिएको हो उपकुलपति डा टिएन जोशीले बताए।” तर, यही प्रक्रिया र प्रमाणप्रति कलाकार तथा संघसंस्थाहरूले आपत्ति जनाएका छन्।
कलाकारहरू असन्तुष्ट: ‘सिर्जनामा होइन, सम्बन्धमा मूल्यांकन’ धेरै कलाकारहरूका अनुसार अम्बिका आचार्य चलचित्र क्षेत्रमा सक्रिय कलाकारको रूपमा स्थापित छैनन्। चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भने, “आचार्यले चलचित्र कलाकार संघको स्थायी सदस्यता पाएका छैनन्। उनले केही कागजात देखाएर मात्रै छ महिनाको अस्थायी कलाकार सदस्यता लिएका हुन्। त्यो कार्डले न त मतदान गर्न मिल्छ, न पुरस्कारका लागि योग्य बनाउँछ।”

उनका अनुसार, संघको मापदण्डअनुसार कलाकारले तीनभन्दा बढी चलचित्रमा अभिनय गरेपछि मात्र स्थायी सदस्यता पाइन्छ। त्यस अघिसम्म अस्थायी सदस्यता दिइन्छ, त्यो पनि आवश्यकताका आधारमा।

अम्बिका आचार्यले आफूले ३ दशक अघि ‘अर्पण’ भिडियो चलचित्रमा मुख्य अभिनय गरेको बताउँदै आफू चलचित्र क्षेत्रको वरिष्ठ कलाकार भएको दाबी गरेका छन्। तर, फिल्म ‘अर्पण’का निर्माता उम्मीदर वागचन्दले भने आचार्य फिल्मका मुख्य पात्र नभएको स्पष्ट पारिसकेका छन्। “उहाँ सहायक भूमिकामा रहेको उनको भनाइ छ।वरिष्ठ कलाकारहरूले आरोप लगाएका छन् कि आचार्यले चलचित्रमा सहभागिता देखाउने कागजातहरू नक्कली वा अतिरञ्जित छन्, जसलाई न सत्यापन गरियो, न नै प्रमाणित।

सम्मानको प्रक्रिया पारदर्शी थिएन?

प्रज्ञा प्रतिष्ठानले सम्मान दिनुपूर्व नागरिकस्तरमा रायसुझाव, स्वतन्त्र समितिबाट मूल्यांकन, कलाकार संघहरूको परामर्श जस्ता प्रक्रिया अपनाउनुपर्नेमा त्यसो नभएको आरोप लागेको छन। आचार्य पहिलेदेखि शिक्षण पेशामा आबद्ध थिए। उनलाई निरन्तर ला क्षेत्रमा योगदान पुर्‍याएको भन्दै प्रतिष्ठानले सम्मान गरेको हो।

कलाकारहरूको भनाइमा, “

उपकुलपति स्वयं कलाकारहरूको मूल्यांकन गर्न असमर्थ देखिए। सृजनशीलता र योगदानको गहिरो अध्ययन नगरी राजनीतिक वा व्यक्तिगत पहुँचका आधारमा पुरस्कार बाँडिएको देखिन्छ।”

संवेदनशील क्षेत्रमा संवेदनहीन निर्णय?

प्रज्ञा प्रतिष्ठानजस्तो साहित्य, संस्कृति र कला प्रवद्र्धन गर्ने निकायले स्वतन्त्र र निष्पक्ष रूपमा पुरस्कार वितरण गर्न नसक्नु आफैंमा चिन्ताको विषय हो। कलाकारहरूले यो निर्णयलाई कलाकारिता क्षेत्रप्रति अपमानजनक व्यवहारको रूपमा लिएका छन्।

कलाकारहरूको माग प्राप्त प्रमाणहरूको पुनः मूल्यांकन गरियोस्।सम्मानित व्यक्तिको व्यावसायिक इतिहास सार्वजनिक गरियोस्। भविष्यमा स्वतन्त्र समीक्षासहित पारदर्शी चयन प्रक्रिया अपनाइयोस्। कलाकार संघहरूलाई परामर्शदाताको रूपमा राखियोस्।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले गरेको यो निर्णयले सम्मानभन्दा बढी संवेदनशील क्षेत्रमा गम्भीर असन्तुष्टि र अविश्वास जन्माएको छ। कला क्षेत्रमा लागिरहेकाहरूको मनोबल घटाउने यस्ता निर्णयहरूले सांस्कृतिक पहिचान र सृजनशीलताको भविष्यमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

Sharing is caring!

Latest News

थारु चलचित्रका उज्यालो पात्र: संगत थारुलाई ‘प्रदेश प्रतिभा पुरस्कार ,२०८१ दुई दशकको योगदानको गौरवपूर्ण सम्मान
सोमबार, असार ३० २०:३०
चलचित्र ‘कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीत (भिडियो सहित)
सोमबार, असार ३० २०:३०