४ बैशाख २०८३, शुक्रबार
‘अभिमन्यु  च्याप्टर १’ अब फूलपातीमा रिलिज हुने
बुधबार, आश्विन १ १०:४४

‘अभिमन्यु च्याप्टर १’ अब फूलपातीमा रिलिज हुने

काठमाडौँ । नेपाली सिनेमा ‘अभिमन्यु स् च्याप्टर १’ अब असोज १३ गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउने भएको छ। प्रारम्भिक रुपमा भदौ २७ गते रिलिज गर्ने तय भए पनि जेनजी आन्दोलनका कारण स्थगित भएको सिनेमा अन्ततः फूलपातीका दिन देशभर र विदेशमा एकैसाथ रिलिज हुने घोषणा गरिएको हो।

सिनेमा निर्माण कम्पनी सेभेन सिज नेपालले विज्ञप्ति जारी गर्दै नयाँ मिति सार्वजनिक गरेको हो। विज्ञप्तिमा भनिएको छ, “देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले पहिले प्रदर्शन रोक्नुपरेको थियो। तर, अहिलेको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर नेपाली चलचित्र उद्योगलाई गतिशील बनाउन असोज १३ गतेदेखि नेपाल र विश्वव्यापी रूपमा नेपाली भाषामा प्रदर्शन गर्ने निर्णय गरिएको छ।”

यससँगै हिन्दी संस्करण भने असोज १७ गतेदेखि भारतसहित विश्वभर प्रदर्शनमा आउने कम्पनीले जनाएको छ।निर्माता विनोद पौडेलले प्रचारप्रसारमा ठूलो लगानी भइसकेकाले लामो समय रिलिज रोकिराख्न नसकिने बताए। उनले भने, “हामीले भदौ २७ मै सोलो रिलिजको अवसर पाएका थियौँ, तर परिस्थितिले हामीलाई फूलपातीमा ल्याइपुर्‍यायो। धेरै पर धकेल्ने अवस्था थिएन, विदेशमा समेत शो तय भइसकेका छन्।”सेभेन सिज सिनेमाको प्रस्तुति रहेको ‘अभिमन्यु स् च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

सिनेमाको निर्देशन सुशान्त गौतमले गरेका हुन् भने क्रिएटिभ निर्देशक मदन थापा रहेका छन्। कथा लेखन मुकेश खनालको हो।

निर्माणतर्फ विनोद पौडेल र गुञ्जन गिरी निर्माता छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता हुन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

सिनेमाको लाइन प्रोड्युसर जीवन शाक्य, डीओपी शरद महतो, भिएफएक्स मनोज श्रेष्ठ, रंग संयोजन जुनिम गहतराज र सम्पादन मदन घिमिरेले गरेका छन्।

Sharing is caring!

Latest News

भदौ २७ देखि रिलिज हुँदै ‘अभिमन्यु च्याप्टर–१’, अटोरिक्सा ब्यानरसहित प्रचारमा धनगढी रंगिनधनगढी
बुधबार, आश्विन १ १०:४४
जिल्ला प्रशासन र मालपोत कार्यालयलाई सुनचाँदी व्यवसायी संघ कैलालीको सहयोग
बुधबार, आश्विन १ १०:४४