४ बैशाख २०८३, शुक्रबार
भदौ २७ देखि रिलिज हुँदै ‘अभिमन्यु च्याप्टर–१’, अटोरिक्सा ब्यानरसहित प्रचारमा धनगढी रंगिनधनगढी
आईतवार, भाद्र २२ १८:१५

भदौ २७ देखि रिलिज हुँदै ‘अभिमन्यु च्याप्टर–१’, अटोरिक्सा ब्यानरसहित प्रचारमा धनगढी रंगिनधनगढी

धनगढी,भदौ २७ गतेदेखि देशभर प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र अभिमन्यु च्याप्टर–१ अहिले प्रचारप्रसारमा निकै सक्रिय देखिएको छ। धनगढीमा ५० भन्दा बढी अटोरिक्सा प्रयोग गरी शहरदेखि गाउँसम्म फिल्मको ब्यानर टाँसिएको छ, जसले प्रदर्शनअघि नै व्यापक चर्चा पाएको छ।फिल्मले हालै सार्वजनिक गरेको ‘लड़की गोरी’ बोलको भोजपुरी शैलीको गीतले दर्शकको ध्यान खिचेको छ।

गायक प्रशान्त शिवकोटी र प्रेरणा सिंहको स्वरमा रेकर्ड गरिएको उक्त गीतमा नायिका जुनसुन्दाको आइटम डान्सले विशेष चर्चा बटुलेको छ।निर्माण पक्षका अनुसार अभिमन्यु च्याप्टर–१ नेपालमा भदौ २७ गतेदेखि प्रदर्शनमा आउनेछ भने भारतका विभिन्न शहरमा हिन्दी संस्करण असोज ६ गतेदेखि रिलिज हुनेछ।सस्पेन्स थ्रिलर र सामाजिक यथार्थलाई उजागर गर्ने कथावस्तुमा निर्माण गरिएको यस चलचित्रलाई सेभन शेष सिनेमाको ब्यानरमा प्रस्तुत गरिएको हो।

यसअघि सोही ब्यानरले सफल फिल्म पूर्णबहादुरको सारङ्गी’ निर्माण गरिसकेको थियो।चलचित्रमा कलाकारहरू कामेश्वर चौलागाई, सरिता गिरी, गोमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतले अभिनय गरेका छन्।रिलिज अगावै पोस्टर, गीत र प्रचारशैलीकै कारण चर्चामा रहेको अभिमन्यु च्याप्टर–१ दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने प्रतीक्षामा नेपाली फिल्म क्षेत्र छ।

Sharing is caring!

Latest News

एसपीए कलेजको क्याम्पस प्रमुखमा सह–प्राध्यापक बुधराम चौधरी नियुक्त
आईतवार, भाद्र २२ १८:१५
‘अभिमन्यु च्याप्टर १’ अब फूलपातीमा रिलिज हुने
आईतवार, भाद्र २२ १८:१५