बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’सार्वजनिक
सिनेमा ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’सार्वजनिक भएको छ । पहिलो गीत ‘दिलमा ठाउँ छ’को अपार सफलतापछि निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको हो ।
गीतगायक सुरेश लामा र गायिका दुर्गा खरेलले गाएका छन् । संगीतकार अर्जुन पोखरेलकै शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन राज पौडेलले गरेका हुन् ।
उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियो भारतका दार्जिलिङ, मिरिक र सिक्किमको पर्यटकीय स्थलहरूमा छायांकन गरिएको छ । कथाको गहिराइ र दृश्यको मागअनुसार नै हामीले गीतको छायांकनका ति स्थानहरू रोजेको सिनेमाका प्रस्तुतकर्ता तथा संगीतकार पोखरेलले बताए । गीतको भिडियोमा मुख्य कलाकार पारस बम ठकुरी (कुल ब्वाइ) र दिव्या रायमाझीको रोमान्टिक देखिएका छन् ।
सिनेमा यही भदौ २६ गते प्रदर्शन हुँदैछ । सिनेमा सशान कँडेलको निर्देशन र माधव शर्माको लेखनमा बनेको हो । पारस र दिव्यासँगै सिनेमामा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति सिनेमामा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शंकर कोइराला र रमेश सिलवाल, सह–निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् । सिनेमाका लाइन प्रोड्युसर कोसिस राज क्षेत्री र सम्राट क्षेत्री हुन् ।
सिनेमामा नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको सिनेमाका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुंगाना हुन् ।