१७ बैशाख २०८३, बिहीबार
सिद्धार्थ हस्पिटालिटीको सेवा विस्तार : धनगढीमा वाटर फन पार्क र स्वीमिङ पुल सञ्चालन
सोमबार, आश्विन ६ १३:०९

सिद्धार्थ हस्पिटालिटीको सेवा विस्तार : धनगढीमा वाटर फन पार्क र स्वीमिङ पुल सञ्चालन

धनगढी । सिद्धार्थ हस्पिटालिटीले सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा आफ्नो सेवा विस्तार गरेको छ। यसअन्तर्गत भव्य लक्जरी रेस्टुरेन्ट ‘सिद्धार्थ कटेज’ र मनोरञ्जनात्मक आकर्षणका रूपमा वाटर फन पार्क तथा स्वीमिङ पुल सञ्चालनमा ल्याइएको छ।

सिद्धार्थ समूहले करिब तीन दशकअघि, २०५४ सालतिर कैलालीको टीकापुरबाट पहिलोपटक सेवा शुभारम्भ गरेको थियो। उक्त समूहले २०८२ असोज ६ गते धनगढीमा नयाँ संरचनाको औपचारिक उद्घाटन गरेको हो।

करिब ३० कठ्ठा क्षेत्रफलमा फैलिएको यस संरचनामा स्वीमिङ पुल, वाटर फन पार्क र १५०० जना अटाउने क्षमता भएको बैंक्वेट हल सञ्चालनमा आएको छ। आगामी तिहारसम्म लक्जरी रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याइने भएको छ।

सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय मनोरञ्जन पूर्वाधार उपलब्ध गराउने उद्देश्यले तयार गरिएको यस फन पार्कले आन्तरिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र नयाँ गन्तव्यको विकासमा योगदान पुर्याउने अपेक्षा लिइएको छ।

सिद्धार्थ समूह अन्तर्गत हाल ३० भन्दा बढी होटल, रेस्टुरेन्ट र रिसोर्ट सञ्चालनमा छन्। पाँचतारे स्तरको सिद्धार्थ भिलासा, चारतारे सिद्धार्थ वैभव, तीनतारे सिद्धार्थ बाटिका लगायतका होटलसहित विभिन्न स्थानमा सिद्धार्थ कटेज र एस क्याफे पनि सञ्चालनमा छन्। हाल यस समूहमा करिब २५०० भन्दा बढी कर्मचारी प्रत्यक्ष रोजगारीमा संलग्न छन्।

क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले धनगढीमा गरिएको यो विस्तारले सुदूरपश्चिमलाई लक्जरी तथा पारिवारिक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

Sharing is caring!

Latest News

फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक, फूलपातीमा रिलिज हुने
सोमबार, आश्विन ६ १३:०९
‘बलिदान’ केवल चलचित्र होइन, देशभक्ति र आमाप्रतिको कर्तव्य बोध : निर्देशक सन्तोष सेन
सोमबार, आश्विन ६ १३:०९