धनगढी लभली चोकमा फुटवयर सञ्चालनमा
धनगढी उपमहानगरपालिका–५, लभ्लीचोकमा बिहीबार नयाँ फुटवयर पसल सञ्चालनमा आएको छ। स्थानीय युवा हिमाल बिक र इन्द्र बिकको संयुक्त लगानीमा उक्त पसल सञ्चालनमा आएको हो।हाल युवाहरुको विदेशतर्फको आकर्षण बढिरहेको अवस्थामा उनीहरुले स्वदेशमै व्यवसाय सुरु गरेर ‘देशमै केहि गर्न सकिन्छ’ भन्ने सन्देश दिन चाहेका हुन्।“बिदेशमा भन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यले यो व्यवसाय सुरु गरेका हौं,” युवा व्यवसायी हिमाल बिकले बताए।
उनका अनुसार, धेरै युवाहरु विदेश गए पनि सोचेअनुसारको अवसर नपाउने समस्या बढ्दो छ। “त्यही भएर हामीले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसाय सुरु गरेका हौं,” उनले भने।करिब १० लाख लगानीमा सुरु गरिएको यो व्यवसायलाई क्रमशः विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए। “सानो भए पनि आफ्नै देशमा गरेको काम नै राम्रो हुन्छ,” हिमालले भने। साथै, उनले अन्य युवाहरुलाई पनि स्वदेशमै केही गर्न आग्रह गरे।
