१२ बैशाख २०८३, शनिबार
गडवाली संगीतमा ‘ए रूपा’ को हलचल सेरी औजी र मासुम बिष्टको जोडीले मच्चायो धमाका(भिडियो सहित)
बिहीबार, कार्तिक २० ०९:५३

गडवाली संगीतमा ‘ए रूपा’ को हलचल सेरी औजी र मासुम बिष्टको जोडीले मच्चायो धमाका(भिडियो सहित)

धनगढी ,पछिल्लो समय सामाजिक सञ्जाल र युट्युबमा गडवाली गीत ‘ए रूपा’ निकै चर्चामा आएको छ। सेरी औजीको स्वरमा प्रस्तुत यो गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। गीतका शब्द र सङ्कलन तथा निर्देशक मासुम बिष्टकै हुन्, जसले आफ्नो सिर्जनात्मक क्षमतालाई यस भिडियोमार्फत प्रभावशाली रूपमा प्रस्तुत गरेका छन्।

गीतको भिडियोमा मासुम बिष्ट र कलाकार मनिषा बोहराको उत्कृष्ट अभिनय देख्न सकिन्छ। दुवै कलाकारबीचको केमेस्ट्री, भावपूर्ण अभिनय र सुन्दर दृश्यले भिडियोको आकर्षणलाई अझ बढाएको छ।

‘ए रूपा’ को छायांकन डिके रावलले गरेका हुन् भने सम्पादन सतिस सिनाले गरेका छन्। भिडियोको पोस्ट–प्रोडक्सनको जिम्मेवारी केएफ स्टुडियोले लिएको हो। भिडियोको सुटिङ कञ्चनपुरका विभिन्न रमणीय स्थलहरूमा गरिएको छ, जसले सुदूरपश्चिमका प्राकृतिक सौन्दर्य र स्थानीय पहिचानलाई उजागर गरेको छ।

गीतमा मौलिक भाका, मन छुने शब्द र भावनात्मक अभिनयको सुन्दर संयोजन पाइन्छ। यसले गडवाली संगीतप्रेमी मात्र होइन, सम्पूर्ण नेपाली संगीत श्रोताको मन पनि आकर्षित गरेको छ। स्थानीय युवा सिर्जनाकर्मीहरूले आफ्नो प्रतिभा र क्षेत्रको पहिचानलाई राष्ट्रिय मञ्चमा ल्याउने प्रयासको रूपमा पनि ‘ए रूपा’ लाई हेरिएको छ।

Sharing is caring!

Latest News

अचेत अवस्थामा भेटिएका नरेश सुनारलाई माया मेट्रो हस्पिटलले निःशुल्क उपचारपछि डिस्चार्ज गर्‍यो
बिहीबार, कार्तिक २० ०९:५३
सुटिङ स्थलमा शौचालय र निजी सुविधाको अभाव, मन्त्रीसमक्ष माग: नीति शाह
बिहीबार, कार्तिक २० ०९:५३