कैलालीका भीमबहादुर दर्लामी मगर भारतको नासिकमा सम्पर्कविहीन
धनगढी,कैलाली मोहन्याल गाउँपालिका–२ निवासी अन्दाजी ४० वर्षीय भीमबहादुर दर्लामी मगर भारतको महाराष्ट्रस्थित नासिक क्षेत्रमा सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार मंसिर ११ गते रत्नगिरि जाने क्रममा नासिकको एक होटलमा खाना खाने बेलामा हात धुनका लागि बाहिर निस्किएका दर्लामी त्यसयता सम्पर्कमा आएका छैनन्।
लामो समयसम्म फोन नलागेपछि परिवारले खोजतलासका लागि आग्रह गरेको छ। “उहाँलाई चिन्नुहुने वा कहाँ भेटिएको भए जानकारी गरिदिनुहोस्,” परिवारका एक सदस्यले अनुरोध गर्दै खोज कार्यमा सहयोग गर्न सबैसँग अपिल गरेका छन्।
सम्पर्कविहीन भएको स्थान भारतको भीडभाड हुने क्षेत्र भएकाले परिवारले नेपाल र भारत दुवै तर्फका व्यक्तिहरूसँग सहयोग मागेको छ। दर्लामीको खोजीमा कुनै सूचना वा थाहा भएकाले तलका नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ।सम्पर्क नम्बर नेपाल: 9848612358 / 9744355908 भारत: 6363873848 परिवारले उद्धार र खोजी कार्यमा सबैपक्षलाई साथ दिन आग्रह गरेका छन्।
