रिभर साइडको उत्कृष्ट सेवाले मोहित यात्रुहरू : हेमन्त रेग्मी र पूर्व मन्त्री तारा लामाको विशेष धन्यवाद
धनगढी । धनगढीका एक कन्सल्टेन्सीका सञ्चालक हेमन्त रेग्मीले नारायणगढ यात्राका लागि सीट व्यवस्थापनको आग्रह गरेपछि रिभर साइडले उपलब्ध गराएको सेवाप्रति यात्रुले उच्च सन्तुष्टि व्यक्त गरेका छन्।
रेग्मीले बस यात्राका लागि सीट मिलाइदिन अनुरोध गर्दा सेवाप्रदायक रिभर साइड प्रालिले आफ्नै सेवा प्रयोग गर्न सुझाव दिँदै गुणस्तरीय सुविधा उपलब्ध हुने विश्वास दिलाएको थियो। रेग्मीले आफू र सँगै रहेका सुदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्री तथा संघीय माननीय तारा लामा ज्यूलाई लक्षित गर्दै राम्रो सेवा खोजेको बताइएको छ।
रिभर साइड प्रालिले यात्रुहरूलाई आरामदायी सेवा, स्तरीय सुविधा र सुरक्षित यात्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। त्यही विश्वासका आधारमा सेवा रोजेका रेग्मी र माननीय लामाले गन्तव्यमा पुगेपछि यात्रा अपेक्षाभन्दा उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्।“हामीले सोचेको भन्दा धेरै राम्रो यात्रा भयो, दाइलाई धेरै धन्यवाद,” यात्रापछि रेग्मीले खुशी व्यक्त गरे।रिभर साइड प्रालिका सञ्चालक सन्तोष घर्तीका अनुसार यात्रुहरूको विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै सेवा झनै गुणस्तरीय बनाइनेछ।
