३ असार २०८३, बुधबार
प्रमोद खरेलको सुमधुर स्वर, परम्परा ब्यान्डको ऊर्जा र दर्जनौँ कलाकारका प्रस्तुति मुख्य आकर्षण
शुक्रबार, मंसिर २६ ११:३०

प्रमोद खरेलको सुमधुर स्वर, परम्परा ब्यान्डको ऊर्जा र दर्जनौँ कलाकारका प्रस्तुति मुख्य आकर्षण

धनगढी – कैलाली उद्योग वाणिज्य संघ धनगढीद्वारा आयोजना गरिएको १९औं सुदूरपश्चिम महोत्सव २०८२ विविध कार्यक्रम, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कारण दिनप्रतिदिन भव्य बन्दै गएको छ। २६ गते स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरूको आकर्षक उपस्थिति र दर्शकको बाक्लो भीडले महोत्सवले यस वर्ष पनि उल्लेखनीय सफलता हासिल गरेको आयोजकले जनाएको छ।

महोत्सवको प्रमुख आकर्षणका रूपमा यसपटक गायक प्रमोद खरेलको सुमधुर प्रस्तुति रहनेछ। उनका चर्चित आधुनिक गीत र भावपूर्ण धुनले दर्शकलाई तनमन दुवैबाट रोमाञ्चित बनाउने अपेक्षा गरिएको छ। त्यस्तै, युवापुस्तामाझ निकै लोकप्रिय परम्परा ब्यान्डले ऊर्जामय म्यूजिक शो प्रस्तुत गर्दै महोत्सवलाई अझै जीवन्त बनाउने तयारी गरेको छ।

आयोजक प्रकाश चन्दका अनुसार यस वर्षको कलाकार सूची पनि विविधता र रंगिनपनले भरिएको छ।
उनका अनुसार नायिका स्नेहा जोशी ,अनिता चलाउने, चेतन बोहरा, सोनु कुस्मी, नित्यङ्कना, मनिषा बोहरा लगायतका चर्चित कलाकारहरूले क्रमिक रूपमा आफ्नो प्रस्तुति दिनेछन्। विभिन्न शैलीका गीत संगीत, नृत्य र मनोरञ्जनात्मक कार्यक्रमले दर्शकलाई निरन्तर आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ।

महोत्सवमा सांगीतिक कार्यक्रमसँगै स्थानीय उत्पादन, कृषि सामग्री, हस्तकला, खाद्य स्टल, मनोरञ्जन पार्क सञ्चालनमा छन्। यसले दर्शकलाई मनोरञ्जनका साथै बजार तथा व्यवसायिक गतिविधिमा सहभागिता जनाउने अवसर प्रदान गरेको छ। व्यापारिक क्षेत्रमा सक्रिय निजी क्षेत्रका लागि महोत्सव प्रभावकारी ‘ब्रान्ड प्रमोशन प्लेटफर्म’ भइरहेको उद्योग वाणिज्य संघले बताएको छ।

Sharing is caring!

Latest News

२५ गते सुदूरपश्चिम महोत्सवमा जम्बो कलाकारको धमाकेदार प्रस्तुति हुने
शुक्रबार, मंसिर २६ ११:३०
सुदूरपश्चिम महोत्सवमा मंसिर २८ गते चक्रबमसहित रचना रिमाललगायत चर्चित कलाकारको प्रस्तुति
शुक्रबार, मंसिर २६ ११:३०