९ भाद्र २०८३, मंगलवार
सुदूरपश्चिम महोत्सवमा मंसिर २८ गते चक्रबमसहित रचना रिमाललगायत चर्चित कलाकारको प्रस्तुति
शनिबार, मंसिर २७ २०:१८

सुदूरपश्चिम महोत्सवमा मंसिर २८ गते चक्रबमसहित रचना रिमाललगायत चर्चित कलाकारको प्रस्तुति

धनगढी । कैलालीको धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवले स्थानीय कला, संस्कृति, उद्योग र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । महोत्सव अवलोकनका लागि दैनिक हजारौँ दर्शकको सहभागिता रहँदै आएको आयोजकले जनाएको छ ।

महोत्सव अन्तर्गत मंसिर २८ गते विशेष सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ । उक्त दिन चर्चित गायक चक्रबमसहित लोकप्रिय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ ।

उद्योग वाणिज्य सङ्घका सचिव प्रकाश चन्दका अनुसार सो दिन चर्चित गायिका रचना रिमाल, गायक रोहित ढुङ्गाना तथा निरज बिक रामनाथ, गुडु वलि, सरस्वती धामी लगायत कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिनेछन् ।

महोत्सवमा सांगीतिक कार्यक्रमसँगै स्थानीय तथा राष्ट्रिय उत्पादनको प्रदर्शनी, विभिन्न व्यवसायिक स्टल, खानाका परिकार, बालबालिकाका लागि मनोरञ्जनात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको छ ।

आयोजकका अनुसार महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन, स्थानीय उद्यमशीलताको विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Sharing is caring!

प्रमोद खरेलको सुमधुर स्वर, परम्परा ब्यान्डको ऊर्जा र दर्जनौँ कलाकारका प्रस्तुति मुख्य आकर्षण
शनिबार, मंसिर २७ २०:१८
२९ गते सुदूरपश्चिम महोत्सवमा चर्चित गायक बद्री पंगेनी, चक्र बम ,रमेश राज भट्टराई लगायत जम्बो प्रस्तुति
शनिबार, मंसिर २७ २०:१८