आईतवार, मंसिर २८ २२:१७
२९ गते सुदूरपश्चिम महोत्सवमा चर्चित गायक बद्री पंगेनी, चक्र बम ,रमेश राज भट्टराई लगायत जम्बो प्रस्तुति
धनगढी । १९औँ सुदूरपश्चिम महोत्सव–२०८२ अन्तर्गत मङ्सिर २९ गते चर्चित कलाकारहरूको जम्बो टोलीले सांगीतिक प्रस्तुति दिने भएको छ।
उद्योग वाणिज्य सङ्घका सचिव प्रकाश चन्दका अनुसार महोत्सवमा बद्री पंगेनी, चक्रबम, रमेशराज भट्टराई, देउडा गायक ध्वज महरा र भरत बोहरालगायत लोकप्रिय कलाकारहरूको प्रस्तुति रहनेछ। विभिन्न विधाका कलाकारहरूको उपस्थितिले महोत्सव थप आकर्षक बन्ने अपेक्षा गरिएको छ।
यसअघि गायक चक्रबम मङ्सिर २८ गते प्रस्तुति दिने कार्यक्रम तय भए पनि हवाई जहाज ढिलाइका कारण समयमा धनगढी आइपुग्न नसकेको आयोजकले जनाएको छ। त्यसैले उनको प्रस्तुति मङ्सिर २९ गतेका लागि सुनिश्चित गरिएको आयोजकले बताएका छन्।
महोत्सवमा दैनिक रूपमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भने दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
