१४ भाद्र २०८३, आईतवार
डोटी महोत्सव २०८२ मा पहिलोपटक “डोटी आइडल” प्रतियोगिता
सोमबार, पुष २८ ११:४२

डोटी महोत्सव २०८२ मा पहिलोपटक “डोटी आइडल” प्रतियोगिता


डोटी — डोटी उद्योग वाणिज्य संघले दिपायल, डोटीमा यहीँ फागुन १ गतेदेखि सुरु हुने डोटी महोत्सव २०८२ को अवसरमा इतिहासमै पहिलोपटक “डोटी आइडल” प्रतियोगिता आयोजना गर्न लागेको छ।
प्रतियोगिता १२ देखि ४० वर्ष उमेर समूहका डोटी जिल्लाका गायन प्रतिभालाई उजागर गर्न आयोजना गरिएको हो। अडिसनको पहिलो चरणबाट प्रत्येक पालिकाबाट ३ जना प्रतियोगी चयन गरिनेछ भने प्रारम्भिक चरण पार गर्नेहरूलाई फाइनल चरणमा नेपालका ख्यातिप्राप्त गायक तथा संगीतकर्मीहरूको निर्णायक मण्डलद्वारा मूल्याङ्कन गरिनेछ।
प्रतियोगिताको टप थ्रीमा पर्न सफल गायक–गायिकालाई गीत रेकर्ड गर्ने अवसर, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। इच्छुक प्रतियोगीले माघ १५ भित्र डोटी उद्योग वाणिज्य संघमा नाम दर्ता गराउनुपर्नेछ र दुई फरक विधाका गीत भिडियोसहित अडियो पठाउनुपर्नेछ।
आयोजकका अनुसार डोटी आइडलले जिल्लाका मौलिक प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने विश्वास लिइएको छ।
सम्पर्क:
मोहन शाही – ९८४८६२८६५५
विक्रम साउँद – ९८४८४३१२४६

Sharing is caring!

इन्डियन आइडल–३ का विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन
सोमबार, पुष २८ ११:४२
धनगढीमा ‘फारवेस्ट लिटल स्टार २०८२’ आयोजना हुँदै, माघ १ गतेसम्म फारम खुला
सोमबार, पुष २८ ११:४२