१६ बैशाख २०८३, बुधबार
धनगढीमा ‘फारवेस्ट लिटल स्टार २०८२’ आयोजना हुँदै, माघ १ गतेसम्म फारम खुला
बुधबार, पुष ३० ०८:१०

धनगढीमा ‘फारवेस्ट लिटल स्टार २०८२’ आयोजना हुँदै, माघ १ गतेसम्म फारम खुला


धनगढी , धनगढीमा बालबालिकाको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘फारवेस्ट लिटल स्टार २०८२’ आयोजना हुने भएको छ। प्याट टिम कलेक्सन ग्रुपको आयोजनामा हुन लागेको उक्त कार्यक्रमका लागि दर्ता फारम खुला भइसकेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन चाहनेका लागि माघ १ गते अन्तिम मिति तोकिएको छ।
आयोजकका अनुसार धनगढीभरिका २० वटा विद्यालयका बालबालिकाहरू यस प्रतियोगितामा सहभागी हुन पाउनेछन्। आफ्ना नानी बाबुको प्रतिभा सुरक्षित र विश्वासिलो मञ्चमा प्रस्तुत गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रम अन्तर्गत माघ ३ गते अडिसन, माघ २४ गते सेमिफाइनल तथा फागुन २ गते ग्राण्ड फाइनल सम्पन्न हुने तालिका तय गरिएको छ।
प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो उपविजेताले २० हजार रुपैयाँ, दोस्रो उपविजेताले १० हजार रुपैयाँ र तेस्रो उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
नगद पुरस्कारसँगै विजेताहरूले व्यावसायिक पोर्टफोलियो फोटोसुट, चलचित्र तथा म्युजिक भिडियोमा पहुँच, साथै नेपालका चर्चित सौन्दर्य प्रतियोगितामा सिधा प्रवेशको अवसर पाउने आयोजकले जानकारी दिएको छ। साथै, प्रतियोगितामा सहभागी बालबालिकाका लागि पोशाक तथा स्टाइलिङ सुविधा समेत उपलब्ध गराइनेछ।
कार्यक्रममा सहभागी हुन इच्छुकले ह्वाट्सएपमार्फत समेत दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। थप जानकारीका लागि ९७०४५३७८३० नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
बाल प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘फारवेस्ट लिटल स्टार २०८२’ ले धनगढीका बालबालिकालाई राष्ट्रियस्तरको मञ्चसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

Sharing is caring!

Latest News

डोटी महोत्सव २०८२ मा पहिलोपटक “डोटी आइडल” प्रतियोगिता
बुधबार, पुष ३० ०८:१०
जन्मदिनलाई सेवामा रूपान्तरण गर्दै गायक तथा संगीतकार भिम बिसी
बुधबार, पुष ३० ०८:१०