८ बैशाख २०८३, मंगलवार
निरुता सिंहको शीर्ष भूमिकामा ‘सारथी’को शुभमुहूर्त, गुर्जा खानीमा छायांकन सुरु हुँदै
सोमबार, बैशाख ७ १९:३८

निरुता सिंहको शीर्ष भूमिकामा ‘सारथी’को शुभमुहूर्त, गुर्जा खानीमा छायांकन सुरु हुँदै

काठमाडौं ,अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहने सिनेमा ‘सारथी’ को सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त सम्पन्न भएको छ। कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुन लागेको फिल्मको टिम मुहूर्तपछि छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको छ।<br>निर्देशक गजुरेलका अनुसार वैशाख ९ गतेदेखि गुर्जा खानी आसपासका आकर्षक स्थानहरूमा करिब ४० दिनको तालिकामा छायांकन गरिनेछ। करिब तीन दशक लामो सम्पादन अनुभव बटुलेका वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ यस फिल्ममार्फत निर्माता रूपमा देखिँदैछन्। उत्कृष्ट कथा प्रस्तुत गर्ने लक्ष्यसहित निर्माणमा लागेको उनले बताए।<br>किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा बन्ने ‘सारथी’ मा कलाकार उत्तम प्रधान र निरुता सिंह करिब दुई दशकपछि पुनः एकसाथ पर्दामा देखिनेछन्, जसले दर्शकमाझ थप उत्सुकता बढाएको निर्माण टिमको विश्वास छ। शुभमुहूर्त कार्यक्रममा सहभागी भएकी निरुता सिंह छायांकनका लागि तयारीमा छिन् भने उत्तम प्रधान वैशाख १५ गते नेपाल आइ सिधै छायांकनमा जोडिने कार्यक्रम छ।<br>शुभमुहूर्त कार्यक्रममा वरिष्ठ सिनेमाकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए। साथै नेपाल छन्त्याल संघका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्त्यालको पनि सहभागिता रहेको थियो।<br>फिल्ममा उत्तम प्रधान र निरुता सिंहसँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मालगायतका कलाकारहरूको अभिनय रहनेछ। सौर्यल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् भने लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल रहेका छन्।

Sharing is caring!

Latest News

‘राम नाम सत्य’को दबदबा : सुदूरपश्चिमका हलमा चार–चार शो, अन्य फिल्म विस्थापितसमा
सोमबार, बैशाख ७ १९:३८