संघर्ष, समर्पण र इमानदारीबाट स्थापित निर्माण व्यवसायी:दीर्घराज जोशी
धनगढी,दीर्घराज जोशी कैलालीका एक परिचित, अनुभवी र कर्मठ निर्माण व्यवसायी हुन्, जसले करिब दुई दशकभन्दा बढी समयदेखि निर्माण क्षेत्रमा निरन्तर सक्रिय रहँदै आफ्नो अलग पहिचान बनाएका छन्। हाल उनी निर्माण व्यवसायी सङ्घ कैलालीको अध्यक्ष पदका लागि उम्मेदवारका रूपमा अघि बढ्दै निर्माण क्षेत्रको सुधार, व्यवसायीहरूको हकहित र पारदर्शी वातावरण निर्माण गर्ने स्पष्ट उद्देश्यसहित मैदानमा उत्रिएका छन्।
उनको जीवन कथा सामान्य सुरुवातबाट असाधारण उचाइसम्म पुगेको प्रेरणादायी यात्रा हो। धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय लोकराज जोशी तथा महेश्वरी देवी जोशीका जेठापुत्र हुन्। विद्यार्थी जीवनमै उनले आत्मनिर्भर बन्ने दृढ संकल्पका साथ व्यवसायिक यात्रा सुरु गरेका थिए। ऐश्वर्या विद्या निकेतन स्कुलमा अध्ययन गर्दैगर्दा
उनको व्यक्तित्वको अर्को महत्वपूर्ण पाटो भनेको सेवा र योगदानप्रतिको भावना हो। उनी केही समय शिक्षण पेशामा पनि संलग्न रहे, जहाँ उनले ज्ञान बाँड्ने कामसँगै समाजप्रतिको उत्तरदायित्व निर्वाह गरे। तर निर्माण क्षेत्रमा रहेको सम्भावना र आफ्नो अनुभवलाई आत्मसात गर्दै उनले वि.सं. २०६४ सालदेखि औपचारिक रूपमा निर्माण व्यवसाय सुरु गरे, जुन निर्णय उनको जीवनको महत्वपूर्ण मोड सावित भयो।
त्यसपछि उनले निर्माण व्यवसायी सङ्घमा आबद्ध भई संगठनभित्रैबाट नेतृत्व विकासको यात्रा सुरु गरे। साधारण सदस्यबाट प्रवेश गरेका जोशी क्रमशः कार्यसमिति सदस्य, कोषाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्म पुगे। यस दौरान उनले संगठन सञ्चालन, नीति निर्माण, व्यवसायीहरूको समस्या समाधान र समन्वयमा उल्लेखनीय भूमिका निर्वाह गरे। यही अनुभवले उनलाई आज नेतृत्वको जिम्मेवारी वहन गर्न सक्षम बनाएको छ।
उनको नेतृत्वमा सञ्चालन भएको निर्माण कम्पनीले गुणस्तरीय र समयमै काम सम्पन्न गर्ने विशेषता कायम राख्दै आएको छ। सरकारलाई बुझाएको राजस्वमा उत्कृष्ट प्रदर्शन गर्दै कम्पनीले पटक–पटक सम्मान समेत प्राप्त गरेको छ। इमानदारी, पारदर्शिता र प्रतिबद्धता उनका व्यवसायिक मूल्य हुन्, जसले उनलाई निर्माण क्षेत्रमा स्वच्छ, विश्वासिलो र जिम्मेवार व्यवसायीका रूपमा स्थापित गरेको छ।
उनले स्थापना गरेको प्रशंसा कन्स्ट्रक्सन मार्फत सञ्चालन भएका विभिन्न निर्माण परियोजनाहरूले सयौँ व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्दै आएको छ। यसले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउनुका साथै धेरै परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको छ।
दीर्घराज जोशीको स्पष्ट धारणा छ।“वास्तवमा काम गर्ने व्यवसायीलाई संरक्षण र प्रोत्साहन आवश्यक छ।” उनका अनुसार नाम मात्रका कम्पनीहरूका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ, जसले इमानदार व्यवसायीलाई असर गरिरहेको छ। त्यसैले उनी व्यवसायिक वातावरण सुधार, पारदर्शिता कायम गर्ने र योग्य व्यवसायीलाई अवसर दिने प्रणाली विकास गर्नुपर्नेमा जोड दिन्छन्।
आज उनी केवल एक व्यवसायी मात्र होइनन्, संघर्ष, धैर्य र सफलता प्रतीकका रूपमा उभिएका छन्। दुई दशकभन्दा लामो अनुभव, बलियो इच्छाशक्ति र स्पष्ट दृष्टिकोणसहित उनी निर्माण व्यवसायी सङ्घ कैलालीको अध्यक्ष पदका लागि अघि बढिरहेका छन्। दक्ष, अनुभवी र समर्पित टिमको साथले उनी अझ आत्मविश्वासका साथ नेतृत्वको जिम्मेवारी सम्हाल्न तयार देखिन्छन्।
