शुक्रबार, बैशाख २५ ०९:३६
निर्माण व्यवसायी सङ्घ कैलालीको अध्यक्षमा दीर्घराज जोशी निर्विरोध चयन महासचिव र खुला सदस्यमा चुनावी प्रतिस्पर्धा
धनगढी । निर्माण व्यवसायी सङ्घ कैलालीको अध्यक्षमा दीर्घराज जोशीसहित पदाधिकारी तथा भुगोल सदस्यहरू निर्विरोध चयन भएका छन् । यससँगै सम्पूर्ण निर्माण व्यवसायीहरूमा उत्साह र खुसीको वातावरण बनेको छ ।अब सङ्घको महासचिव र खुला सदस्य पदका लागि मात्र निर्वाचन हुँदै छ । महासचिव पदमा दीर्घराज जोशी प्यानलका अमर बहादुर खड्का र उम्मेदवार ई. किरण रावलबीच प्रतिस्पर्धा हुने भएको हो ।त्यस्तै खुला सदस्य पदका लागि विनोद विष्ट, शिवराज सापकोटा, टेकराज जोशी, चक्रबहादुर मल्ल, टेकबहादुर खड्का, रुद्रप्रसाद पन्त तथा भोजराज रेग्मीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।निर्माण व्यवसायी सङ्घ कैलालीको १२औँ अधिवेशन अन्तर्गत हुने निर्वाचनलाई व्यवसायीहरूले निकै चासोका साथ हेरेका छन् ।
