२८ बैशाख २०८३, सोमबार
१० वर्षपछि पुष्कर भट्टको दमदार पुनरागमन
आईतवार, बैशाख २७ १७:३२

१० वर्षपछि पुष्कर भट्टको दमदार पुनरागमन


धनगढी,कुनै समय नेपाली चलचित्र क्षेत्रमा चर्चित भिलेनका रूपमा परिचित अभिनेता पुष्कर भट्ट पुनः अभिनयमा फर्किएका छन् । उनी अभिनेता तथा निर्देशक विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ २’ मार्फत कमब्याक गरेका हुन् ।
चलचित्रमा पुष्कर भट्ट भिलेन भूमिकामा देखिने चर्चा छ । यद्यपि उनले आफ्नो भूमिकाबारे औपचारिक रूपमा खुलाएका छैनन् । भूमिकाका लागि उनले विशेष लुक्स तयार गर्दै दाह्रीसमेत पालेका छन् ।
यो चलचित्रमार्फत विराज भट्ट र पुष्कर भट्टको झन्डै डेढ दशकपछि पुनः सहकार्य हुन लागेको हो । यसअघि उनीहरूले ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘प्रहार’, ‘वीरताको चिनो’, ‘सिन्दुर’, ‘रक्षक’ र ‘भागी भागी नजाउ’ लगायत चलचित्रमा सँगै अभिनय गरेका थिए । पुष्कर भट्टले विराज भट्टलाई आफ्नो गुरुका रूपमा लिने गरेका छन् ।
चलचित्र क्षेत्रमा राम्रो माग भइरहेका बेला पुष्कर भट्ट करिब एक दशकअघि क्यानडा गएका थिए । त्यहाँ बसाइका क्रममा उनले केही म्युजिक भिडियोमा अभिनय गरेका थिए । अब भने नेपाल फर्किएर अभिनय यात्रालाई निरन्तरता दिने तयारीमा रहेका छन् ।
‘१२ गाउँ २’ पछि उनले अर्को नयाँ चलचित्रमा समेत काम गर्ने तयारी गरिरहेको बताइएको छ ।

Sharing is caring!

Latest News

‘आ आमा २’को शुभमुर्हूत
सोमबार, बैशाख २१ ११:००
निर्माण व्यवसायी सङ्घ कैलालीको अध्यक्षमा दीर्घराज जोशी निर्विरोध चयन महासचिव र खुला सदस्यमा चुनावी प्रतिस्पर्धा
आईतवार, बैशाख २७ १७:३२