४ श्रावण २०८३, सोमबार
‘१२ गाउँ २’ दशैँमा आउने तयारी, पोस्ट–प्रोडक्सन अन्तिम चरणमा
आईतवार, श्रावण ३ २२:४२

‘१२ गाउँ २’ दशैँमा आउने तयारी, पोस्ट–प्रोडक्सन अन्तिम चरणमा

काठमाडौं। नेपाली चलचित्र ‘१२ गाउँ’ को उल्लेखनीय सफलतापछि निर्माण गरिएको सिक्वेल ‘१२ गाउँ २’ अब दर्शकमाझ आउन अन्तिम तयारीमा पुगेको छ। पोस्ट–प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ भने चलचित्रलाई आगामी दशैँको अवसर पारेर प्रदर्शन गर्ने तयारी भइरहेको छ।निर्माण नियन्त्रक भोला सुबेदी (आरजे प्रणव) का अनुसार चलचित्रका टिजर, ट्रेलर, गीत तथा अन्य प्रचार सामग्री क्रमशः सार्वजनिक गरिनेछ। पहिलो भागले बक्स अफिसमा राम्रो व्यापार गर्दै दर्शकको मन जितेकाले दोस्रो भागप्रति पनि उच्च अपेक्षा रहेको उनले बताए।निर्माण पक्षका अनुसार ‘१२ गाउँ २’ ले पहिलो भागको कथालाई निरन्तरता दिँदै अझ सशक्त एक्सन, पारिवारिक सम्बन्ध, प्रेम, सामाजिक यथार्थ र मनोरञ्जनलाई प्रस्तुत गर्नेछ। चलचित्रका एक्सन दृश्यलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्ट सिल्भा लाई जोडिएको छ।विराज भट्ट को निर्देशन रहेको चलचित्रमा उनी स्वयंका साथै समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्व लगायत कलाकारहरूको अभिनय रहेको छ।काठमाडौं, मकवानपुर, चितवन र मनाङमा छायांकन गरिएको चलचित्रको कथा तथा पटकथा सन्तोष सरकार ले लेखेका हुन्। द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जन, नृत्य निर्देशन सियोन श्रेष्ठ र रामजी लामिछाने ले गरेका छन्। निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणव) ले सम्हालेका छन्।चलचित्रको वितरण उपत्यकामा काफिया फिल्म्स प्रालि र उपत्यका बाहिर कुबेर फिल्म्स ले गर्नेछन्। सामाजिक सञ्जालमा चलचित्रबारे उत्साह बढ्दै गइरहेको छ भने यस वर्षका सर्वाधिक प्रतीक्षित नेपाली चलचित्रमध्ये ‘१२ गाउँ २’ लाई एक मानिएको छ।

Sharing is caring!

Latest News

‘हली’को मर्मस्पर्शी गीत ‘कहाँबाट ल्याऊँ बाबा’ सार्वजनिक, साउन २२ देखि प्रदर्शनमा
आईतवार, श्रावण ३ २२:४२
लगातार दोस्रो वर्ष ‘उत्कृष्ट डिलर अवार्ड’ प्राप्त गर्दै जेपी क्लासिक इन्टरनेशनल, धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित
आईतवार, श्रावण ३ २२:४२