५ श्रावण २०८३, मंगलवार
सुदूरपश्चिम चलचित्रकर्मी  संघ गठन, अध्यक्षमा सरस्वती खड्का भट्ट
मंगलवार, श्रावण ५ १८:२९

सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन, अध्यक्षमा सरस्वती खड्का भट्ट

धनगढी। सुदूरपश्चिम प्रदेशका चलचित्रकर्मीहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यसहित सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन गरिएको छ। चलचित्रकर्मीहरूको हक–हित, पेशागत अधिकारको संरक्षण तथा प्रदेशको चलचित्र क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै संघ स्थापना गरिएको हो।

वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीको अध्यक्षता तथा खडकबहादुर मल्लको विशेष उपस्थितिमा सम्पन्न भेलाले सरस्वती खड्का भट्टको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र सिंह ‘बिरु’, महासचिवमा सुरेन्द्र संगम, सचिवमा विनोद बोहरा ‘बोक्टानी किङ्ग’ र कोषाध्यक्षमा जयन्ती पाण्डेय चयन भएका छन्। सदस्यहरूमा रोबर्टसिंह बडैला, संगत थारू चौधरी, प्रदीप चनारा, सतीस सिन्हा, माया खड्का र ज्ञानेन्द्र कुँवर रहेका छन्।

भेलाले राजकुमार जोशीको संयोजकत्वमा तथा खडकबहादुर मल्ल सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ।

नवनिर्वाचित अध्यक्ष सरस्वती खड्का भट्टले प्रदेशभरिका चलचित्रकर्मीलाई एकताबद्ध गर्दै समावेशी र सक्रिय संस्था निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले चलचित्र क्षेत्रको विकास, कलाकार तथा प्राविधिकका साझा समस्या समाधान, क्षमता अभिवृद्धि र अधिकार सुनिश्चित गर्न सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताइन्।

भेलामा सहभागी चलचित्रकर्मीहरूले नवगठित संघले कलाकार, प्राविधिक र सर्जकहरूको अधिकार संरक्षण गर्दै सुदूरपश्चिमको चलचित्र उद्योगलाई थप व्यवस्थित, सशक्त र संस्थागत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Sharing is caring!

Latest News

लगातार दोस्रो वर्ष ‘उत्कृष्ट डिलर अवार्ड’ प्राप्त गर्दै जेपी क्लासिक इन्टरनेशनल, धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित
मंगलवार, श्रावण ५ १८:२९