३१ भाद्र २०८३, बुधबार
‘पार्वती’मा मेरो अभिनय फरक छ : निता ढुङ्गाना
आईतवार, श्रावण १७ १३:०२

‘पार्वती’मा मेरो अभिनय फरक छ : निता ढुङ्गाना

काठमाडौँ । अभिनेत्री निता ढुङ्गानाले फिल्म ‘पार्वती’मा आफूले अहिले सम्मकै भिन्न अभिनय गरेको बताएकी छन् । यो फिल्मको अभिनय दर्शकका लागि सर्प्राइज हुने उनको भनाई छ ।

‘मैले फिल्ममा अटिजम भएकी युवतीको भूमिका निर्वाह गरेकी छु’, उनले भनिन् ‘एक अटिजम पीडितको भावभङ्गी, हाउभाउ र भाइप्रतिको निश्चल मायालाई पनि छ ।’ पर्दामा पात्रको जीवन जिउनु र त्यसलाई जीवन्त बनाउनु एक कुशल कलाकारको पहिचान हो । यही पहिचान फिल्मबाट आफूले छोड्ने उनको दाबी छ ।
फिल्मको हालै टिजर सार्वजनिक भएको छ । टिजरमा देखिएको उनको अभिनयको प्रशंसा भइरहेको छ ।

‘पार्वती’ निताले नै निर्माण गरेकी हुन् । निर्देशन समेत उनले आफैले गरेकी हुन् । यसअघि उनले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माण गरेकी थिइन् ।
आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म निताका साथमा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतका कलाकारहरूको अभिनय छ। फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको डीओपी रहेको फिल्ममा नृत्य रामजी लामिछानेको छ ।
फिल्मको कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका हुन् । दीपक शर्मा, बाबुल गिरी, प्रशान्त सिवाकोटीको फिल्मको वितरणको एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् ।

Sharing is caring!

Latest News

गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण
आईतवार, श्रावण १७ १३:०२
सुदूरपश्चिममा सुरक्षा सतर्कता बढाउन मुख्यमन्त्री शाहको निर्देशन
आईतवार, श्रावण १७ १३:०२