२० असार २०८३, शनिबार
दलित पत्रकार संघ
आईतवार, मंसिर ८ १७:२४

दलित पत्रकार संघ

काठमाडाैँ– क्रियाशिल दलित पत्रकार संघ नेपालको औपचारिक रुपमा गठन भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा औपचारिक दर्ता भई संघ गठन भएको हो। प्रेस विज्ञप्ति जारी गरी संघले कार्यसमितिको बारेमा सार्वजनिक गरेको हो। संघले १३ सदस्यीय समिति गठन गर

जस अनुसार संघको अध्यक्षमा नागरिक दैनिककी पत्रकार पवित्रा सुनार, उपाध्यक्षमा रेडियो नेपालका टीकाराम सुनार, महासचिवमा सामुदायिक रेडियो सिआइएनका केशव भुल, कोषाध्यक्षमा उज्यालो एफएमका बिष्णु बहादुर विक,सचिवमा अनलाइन खबरका विश्वास खड्गाथोकी छन्।

सदस्यहरुमा रेडियो नेपालका रमेश टमट्टा, थाहा खवर अनलाइनका कोमल विश्वकर्मा, हिमालयन टाइम्स दैनिककी सरिता अछामी, नयाँ पत्रिका दैनिकका प्रकाश धौलाकोटी, सिआइएनकी पत्रकार सिर्जना बराल लगायत छन्।

संघले विभिन्न संचारमाध्यममा रहेर कार्यरत दलित समुदायका पत्रकारको पेशागत विकास तथा प्रवर्द्धन गर्ने,उनीहरुको मिडियामा पहुँच विस्तार गर्ने, दलित समुदायको सामाजिक तथा आर्थिक मुद्दाको विषयमा बहस सिर्जना गर्ने र यस समुदायको विषयमा अनुसन्धान तथा दलित समुदायका पत्रकारबीच सद्भावनाको विकास गरी,सामाजिक मुद्दालाई मुलधारका मिडियामा समावेश गर्ने उद्देश्य लिएको जनाएको छ।

शुक्रवार नै संघको बैठक बसेर आगामी कार्ययोजना तय गरेको छ। संघले क्रमिक रुपमा विभिन्न प्रदेश तथा जिल्लामा संगठन विस्तार गर्ने जनाएको छ।

Sharing is caring!

नवनियुक्त स्वास्थ्य मन्त्रीलाई अमेरिकाबाट स्वास्थ्यकर्मीको पत्र
आईतवार, मंसिर ८ १७:२४
कैलालीको कैलारी गाँउपालीे एक बर्ष भित्रै पूर्ण साक्षर घोषणा हुने अध्यक्ष लाजुराम चौधरीको दावी, सडक निर्माण,कृर्षी पर्या प्रर्यटन बिशेष प्राथमिकतामा
आईतवार, मंसिर ८ १७:२४