आईतवार, पुष २७ १६:४४
गायिका लक्ष्मी आचार्यको फरक शैलीमा नयाँ गीत ‘मन पराउँछौ’(भिडियो सहित)
गायिका लक्ष्मी आचार्यले सुदुरपश्चिमाका लोक डेउडा,लोक दोहरी, लगाएत बिभिन्न गित गाईएकी छिन । यस पटक गायिका आचार्यले चर्चित गायक राजेश पायल राईसंग फरक शैलीमा नयाँ गीत ‘मन पराउँछौ’ केहि दिन अगाडी मात्र सार्वजनिक भएको छ ।
अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

भिडियोमा चर्चित मोडल तथा निर्देशक सुनिल क्षेत्री र अञ्जली अधिकारीको दमदार रोमान्स देख्न सकिन्छ ।
डिबी खड्काको शब्द र बिनोद पराजुलीको संगीत रहेको रोमान्टीक गीत दोहोरी र डान्सिङ शैलीमा तयार पारिएको छ ।
गीतको भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, अमृत चापागाइको सम्पादन भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनिल आफैले गरेका हुन् ।
