सवै जातजातिको धर्म संस्कृतिको संरक्षणका लागी सहयोग गर्ने ःनगर प्रमुख वड
तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले आज नयाँ वषका रुपमा एक आपसमा रहमाईलो गदै पर्व मनाएका हुन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५५ औं वर्ष पूरा भएर २८५५ औं वर्ष सुरुको नेपाल तामाङ घेदुङका सुदूरपश्चिम प्रदेशका अध्यक्ष केशवथिङ तामाङले बताए ।

उनले तामाङको महात्वुर्ण पर्वमध्ये सोनाम ल्होसार पर्व एक महत्वपुर्ण पर्व भएको बताए । उनले तामाङको भाषा, कला, संस्कृति र पोसाकको पहिचान लागी महत्वपुर्ण भुमिका खेल्दै आएको बताए । उनले कैलालीका सवै तामाङ लाई धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा जम्मा गराई रमाईलो गरी सोनाम ल्होसार मनाएको बताए ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको नेपाल तामाङ घेदुङका सुदूरपश्चिम प्रदेशका सल्लाहाकार सुकविर तामाङले बताए । उनले सोनाम ल्होसार गुम्बामा गई ग्रहदशा फाल्ने, मिठा मिठा परिकार बनाई सामुहिक भोजन गर्ने परम्परा रहेको बताए । सोनाम ल्होसारमा महिला दिदीवहिनीहरुले पनि विहान क्षमा बालेर पुजाआजा गरी समेपछि दिउँसो सवै जम्मा भई रमाईलो गरी पर्व मनाउँने गरेको फुलवारीकी सुनिता तामाङले बताइन् ।

तामाङ जातिको सोनाम ल्होसार पर्वमा शुभकामना मन्तब्य दिदै धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले सवै जातजातिको धर्म संस्कृतिको संरक्षणका लागी उपमहानगरपालिकाले सहयोग गरिरहेको बताए । उनले धनगढीमा रहेका तामाङहरुका समस्याको समाधानका लागी सहयोग गर्ने तयार भएको बताए ।
