गोदावरी नगरपालिकामा बाल विवाह र लागु पदार्थ दुर्व्यसन बिरुद्ध सचेतना कार्यक्रम
बाल विवाह र लागु पदार्थ दुर्व्यसन बिरुद्ध
तपाई हामी जागैं वाल विवाह रोकौं बाल विवाह दुर्व्यसन बिरुद्धको ब्यापक जनचेतना अभियान ।
सुदुरपश्चिम सामाजिक विकाश मंच नेपालले गोदावरी नगरपालिका वडा नम्बर १०ओलानी जानकी माध्यामिक विद्यालयको प्रं्रगणमा कार्यक्रम गरि विद्यार्थीहरुलाई सचेतना दिएको हो ।
कार्यक्रममा सभा अध्यक्ष सुमन नेपाली प्रमुख अतिथि गोदावरी नगरपालिका कार्यपालिका सदस्य कृति कामी अतिथि अस्थाई प्रहरी पोस्ट ओलानीका असइ बिष्णु प्रसाद जैशी गोदावरी स्वास्थ्य चौकी इन्चार्ज डम्बर बहादुर खत्री बिधालय व्यबस्थापन समितिका अध्यक्ष डबल बिक कार्यक्रममा रहेका थिए ।

स्वागत मन्तव्य राख्दै सुरेश कौसेल बाल विवाह बिरुद्धका अभियान प्रभावकारी हुन नसकेको र बाल विवाह गराउन स्थानीय निकायका पदाधिकारी आफै सक्रिय भन्ने समाचारहरु पनि समय समयमा सुनिने अब समाजबाट यस्ता कुप्रथाहरु सदाका लागि हटाउनका लागि बाल क्लबलाई स्थानीय, प्रदेश र संघ सरकारले विशेष ध्यान दिई विभिन्न तहमा संजाल बनाई परिचालन गर्न सक्यो भने मात्र बाल विवाह अन्त गर्न सम्भव हुनेछ ।
बाल बिबाह एक कुसंस्कार हो यसका अन्त्यका लागि सबै जुटनु पर्ने र समाजमा सबै उमेर समुहका मानिसहरु विविध कारणले लागु पदार्थ दुर्व्यसनमा फसेर आफ्नो जीवन,परिवार र समग्र समाज र राष्ट्रलाई नै गम्भीर असर पुर्याने देखिन्छ बताए ।
उपस्तिथि शिक्षक शिक्षिका विद्यार्थी भाईबहिनीहरु जानकी मा बि ओलानीको प्रगणमा कार्यक्रम संन्चालक श्याम नेपालीले गरेका थिए।
