१९ बैशाख २०८३, शनिबार
एउटा सरकार डुब्यो भने तीन वटै सरकार डुब्छः मेयर ओड
आईतवार, माघ २६ २२:२३

एउटा सरकार डुब्यो भने तीन वटै सरकार डुब्छः मेयर ओड

टीकापुर,  धनगढी उपमहानगरपालिका मेयर नृप ओडले एउटा सरकार डुब्यो भने तीन वटै सरकार डुब्ने वताउनु भएको छ । टीकापुर महोत्सवको समापन कार्यक्रममा वोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

हामी सवै एउटा डुङगामा छौं, एउटा सरकार डुब्दा तीन वटै सरकार डुब्ने सम्भावना छ । मेयर ओडले भन्नुभयो– त्यसैले अव हामी मेलमिलापका साथ, एक विचारका साथ एक सोचका साथ सरकारमा पुगेपछि जनताको आवश्यकता के हो हाम्रो तवरबाट र तरिकाबाट अगाडी वढ्नुपर्छ ।

विकासका लागि सवै पार्टी एक हुनुको विकल्प नरहेको भन्दै उहाँले आ आफ्नो डम्फु बजाउँदा देशको विकास हुन नसकेको बताउनुभयो । मेयर ओडले सवै सरकारले जनताका मागहरु वुझ्न जरुरी रहेको भन्दै समग्र विकासका लागि एकजुट भएर अगाडी वढ्न जरुरी रहेको बताउनुभयो ।

Sharing is caring!

Latest News

ललिता निवास जग्गा धितोमा वित्तिय संस्थाको २ अर्ब कर्जा फस्यो
आईतवार, माघ २६ २२:२३
सुदूरपश्चिम प्रदेशको एम्बुलेन्स भित्र भेटियो मृत चित्तल
आईतवार, माघ २६ २२:२३