शनिबार, चैत्र १५ १४:४७
सिदार्थ बैंकले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस नियन्त्रणकालागि १० लाख रुपैया सहयोग ग¥यो
धनगढी, सिदार्थ बैंकले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस नियन्त्रणकालागि १० लाख रुपैया सहयोग गरेको छ । बैंकका सुदूरपश्चिम कार्यालय प्रमुख पवनचन्द्र अधिकारी र धनगढी शाखाका शाखा निर्देशक नितेश श्रेष्ठले उक्त रकमको चेक आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका हुन् ।
विश्वव्यापी फैलिएको भाइरस नियन्त्रणमा सरकारसँग हातेमालो गर्न बैंक तयार रहेको जनाउदै सुदूरपश्चिम कार्यालय प्रमुख अधिकारीले देशका सातै प्रदेशमा कोरोना भाइसर नियन्त्रणमा १०र१० लाख रकम दिने बैंकको केन्द्रीय निर्णयअनुसार रकम हस्तान्तरण गरिएको बताए । मुख्यमन्त्री भट्टले निजी क्षेत्रवाट रकम सहयोग गर्ने पहिलो संंस्था भएको जानकारी दिदै धन्यवाद व्यक्त गरेका थिए ।
