१२ असार २०८३, शुक्रबार
सेती अस्पताललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका तर्फबाट स्वास्थ्य सामग्री प्रदान
सोमबार, बैशाख १ २१:४८

सेती अस्पताललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका तर्फबाट स्वास्थ्य सामग्री प्रदान

धनगढी , सेती प्रादेशिक अस्पताललाई चिकित्सकका लागी आबश्यक पर्ने स्वास्थ्य सामाग्री उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले सहयोग गर्नु भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्यकर्मीलाई सजिलो होस भन्दै अस्पताललाई मन्त्री भट्टले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

मन्त्री भट्टका प्रमुख स्वकीय सचिव हितेश ओझाले आइतबार सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा प्रसाद जोशीलाई पीपीई २५ थान,  सेनिटाईजर ५ कार्टुन, पाँच हजार जोडा ग्लोब्स, पाँच हजार मास्क र सावुन तीन सय ६० साबुन हस्तान्तरण गरे ।

चिकित्सकलाई  अतिआवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएकोमा अस्पताल व्यवस्थापन समितीले मन्त्री लेखराज भट्टलाई धन्यबाद दिएको छ ।

Sharing is caring!

Latest News

गुल्मी मा एक दम्पती ले गरे आत्महत्या ।
सोमबार, बैशाख १ २१:४८
भारत मा लकडाउन ३मइ सम्म लम्बियो
सोमबार, बैशाख १ २१:४८