१२ असार २०८३, शुक्रबार
मंगलवार, बैशाख २ १४:१२

करन साउद मुम्बई ।बैशाख २//

जसलाई बिश्वले कल्पना समेत गरेको थिएन।सोच्दै नसोचेको क्षण अनि पिडाहरुले यति खेर सारा संसार रोई कराई रहेको छ । मानव जातिहरु ठुलो ठुलो स्वरमा चिच्याउदै कराउदै छन् तर कुनै भगवानले पनि सुनिरहेको छैन।बिश्वमा एकै दिन हजारौं लाशहरुले जल्नु परेको छ लाखौ बिरामिहरुले अस्पतालको बेडमा छटपटाई रहनु परेको छ।त्यतिमात्र होईन सडक पेटि गल्लिहरुमा यहि महामारी कै कारण कयौ मान्छेहरु ढल्नु परेको छ।आखिर कुन जन्मको पापलाई लिएर सजाय भोगिदै छ ।

मलाई त लाग्छ जति आज मानव जातिले सजाय भोगिरहेका छन् त्यति त नपाउनु पर्ने हो तर मलाई लाग्छ कतै हामी ठुलो पापको भकारी भित्र पसेका त छैनौ जुन त्यस्को फल मिल्दै छ।संसारभरिका मानवजातिहरुले सपना नदेखेको र जिन्दगीमा सोच्दै नसोचेको कोरेनाको कहर ईतिहासमा लेखिदै छ।भोलिका आउने संततिहरुले पढ्ने किताबका सेतो पन्नामा कालो मसिले कोरेनाको ईतिहास झल्काईने छ।हामी स्मरण गर्ने छौ अंग्रेजी बर्ष डिसेम्बर 2019 मा चाईनाको हुवान बाट फैलिएको कोरेनाले 4/5 महिनाको अन्तराल मै पुरै संसार लाई रुवाएको अनि ठुलो संकट बिपत्तिमा पुर्याएको प्रष्ट छ।

विश्वभरी फैलिएको कोरेनाले विश्व अर्थतन्त्र लाई न्युनमा झार्ने तथा मानवीय क्षतिको हिसाब किताब राख्ने फाईलहरु नै अपुग हुने देखिन्छन् ।कोरेना कै कारण हजारौं नारिहरु बिधुवा लाखौं आमाबुवाहरुको कोख रित्तो लाखौ बालबालिकाहरु टुहुरा हजारौं पुरुषहरु महिला बिहिन तथा लाखौ करोडौं बुढापाखा आमाबुवाहरुले पानी नपाएर छटपटाई रहनु परेको ईतिहास विश्व मै झल्किदै छ।अमेरिका स्पेन ईटली जस्ता ठुला ठुला राष्ट्रहरुले २४ घण्टामा मृत्यु हुनेको लासहरु जलाउन सकिरहेका छैनन् ।

तसर्थ हामिले बेलैमा सोच्नु र कोरेना बाट जोगिने उपायहरु अपनाउनु आजको आवश्यकता हो। यो विश्व संकटको घडिमा सबैले प्रथाना गर्दै सरकारले लागू गरेको लकडाउनको पुर्ण पालना गरौ भिडभाडमा नजाऔ, घर बाहिर नघुमौ, मास्क लगाऔ स्यानिस्टाईजरको प्रयोग गरौ, साबुनपानीले मिचिमिची हात धोऔ र यो महामारी बाट आफू पनि बचौ अरुलाई पनि बचाऔ ।

Sharing is caring!

Latest News

भारत मा लकडाउन ३मइ सम्म लम्बियो
मंगलवार, बैशाख २ १४:१२
जबर्जस्ति करणीको आरोपमा कैलालीमा ४जना पक्राउ ।
मंगलवार, बैशाख २ १४:१२