(साईन नेपाल) द्वारा कंचनपुरका मुक्त कमैया, भुमिहिन र सुकुम्बासीहरुलाई खाद्यन
लकडाउनका कारण कंचनपुरका मुक्त कमैया, भुमिहिन र सुकुम्बासीहरुलाई दैनिकी खाद्यन गुजारा गर्न सकस भईरहेको बेला मानबिय सेवामा अनेकै प्रयास (साईन नेपाल) धनगढीले कंचनपुर बेद्कोट नगरपालिका वडा नम्वार ५ धरमपुरका मुक्त कमैया, भुमिहिन र सुकुम्बासी ४० जना परिवारलाई वडा अध्यक्ष गणेश बिक.द्घारा खाद्यन हस्तान्तरण गरेको छ ।
शुक्रबार बेद्कोट नगरपालिका वडा नम्वार ५मा मानबिय सेवामा अनैक प्रयास (साईन नेपाल) धनगढीका अध्यक्ष भक्तराज जोशीले १० क्विन्टल चामल, ५० किलो नुन, ५० किलो दाल र ५० लि. तोरीको तेल वडा अध्यक्ष बिकलाई वडामै हस्तान्तरण गरेका हुने।

अध्यक्ष विकले वडा नम्वार ५मा मुक्त कमैया, भुमिहिन , सुकुम्बासी र कुष्ठरोग प्रभावित गरि मजदुरी काम गरीगुजरा चलाउनेको ५ सय २१ जनाको घरधुरी रहेकोले बेद्कोट नगरपालिकाको नियम अनुसार खाद्यन पहिलो र दोस्रो किस्ता गरी राहत बितरण गरेको बताए ।
मानवीय सेवामा अनेकौं प्रयास, संस्थाले बिषम परिस्थितीमा वडालाई ठुला राहत सहयोग गरेकोमा खुशी व्याक्त गरे ।
मुक्त कमैया भुमिहिन र सुकुम्बासीहरु ४० जना परिवारलाई उक्त सामाग्री सर्वदलीय संयन्त्रले बितरण गर्ने वडा अध्यक्षले बताए ।
