१८ बैशाख २०८३, शुक्रबार
दार्चुला मा लकडाउन अबधीभर यार्सागुम्बा सङ्कल मा रोक
मंगलवार, बैशाख ९ १२:३४

दार्चुला मा लकडाउन अबधीभर यार्सागुम्बा सङ्कल मा रोक

धनगढी ।बैशाख ९

दार्चुला मा लकडानको अवधिमा जडीबुटी सकंलन गर्नका लागी अनुमती नदिइने अपीनाम्पा संरक्षण समिती ले जनाएको छ । संकट ब्यवस्थापन केन्द्र दार्चुलाको बैठकले अर्काे निर्णय नभए सम्मका लागी यार्सा लगायतका जडीबुटी संकलनका लागी अनुमती नदिइने निर्णय गरेको अपीनाम्पा संरक्षण कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत किसोर कुमार महताले जानकारी दिनु भयो । हिमाली क्षेत्रमा रहेका नागरिकहरु विभिन्न प्रकारका जडीबुटी संकलनका लागी जाने समय भइरहेकाले लकडाउनको पुर्ण रुपमा पालना गर्न÷गराउनका लागी संकलनको अनुमती दिन रोक लगाउने निर्णय गरिएको हो।
यार्सा संकलन गर्न जादा पनि भिडभाड हुने भएकाले सङ्कलन गर्नमा रोक लगाउनु परेको हो, अबका केहि दिनहरुमा नागरिकहरु बन क्षेत्र तिर प्रबेश गर्न सक्ने भएकाले समयमै सुचना दिएका हौ , प्रमुख संरक्षण अधिकृत महताले भन्नुभयो । अपीनाम्पा सरक्षण क्षेत्र अन्तर्गत दार्चुलामा ब्यास, नम्पा, लोलु चाइमटेला, घट्टेखोला लगायत दर्जनौ यार्सापाटनहरु रहेका छन् । हिमाली क्षेत्रमा बसोबार गर्ने नागरिकहरुको मुख्य पेसा यार्सा संकलन, जडिबुटी संकलन भएपनि यस बर्ष लकडाउनले प्रभाव पार्दा मानिसहरुको जिवनशैलीमा असर पर्न सक्ने मिडिया विकास समाज नेपालका अध्यक्ष पदमसिह बडाल ले बताएका छ्न।

Sharing is caring!

Latest News

भारत बाट तरकारी आउनेभए पछि कोरोना भित्रीने सम्बावना
मंगलवार, बैशाख ९ १२:३४
प्रबाशी नेपाली को मनै छुने संदेश ।
मंगलवार, बैशाख ९ १२:३४