१९ बैशाख २०८३, शनिबार
नेपालमा लकडाउन थप एक सातालम्बिने
शनिबार, बैशाख १३ १९:०९

नेपालमा लकडाउन थप एक सातालम्बिने

काठमाडौँ बैशाख १३। कोरोना भाइरस कोभिड (१९)को सङ्क्रमण लाई मध्यनजर गर्दै मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभएको भन्दै विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज (सनिवार)बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।

उच्चस्तरीय समितिले बनाएको क्राइसिस म्यानेजमेन्ट कमिटी अन्तर्गतको यो कार्दलमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख छन् । समितिको बैठकले पनि जोमिखमुक्त नभएको भन्दै लकडाउन खुकुलो बनाउन नहुने निष्कर्ष निकालेको थियो । समितिले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा जारी प्रतिबन्ध जेठ २ गतेसम्म पुर्याउने निर्णय गरिसकेको छ ।

Sharing is caring!

Latest News

हावाहुरी का कारण दर्जनौं घरका छाना उडायो।
शनिबार, बैशाख १३ १९:०९
हरिहरपुरमा राहत बितरण कार्यक्रम बिथोल्न खोज्नेले तोडफोड गरे , राहत १ सय ६६ जनालाई बितरण भयो
शनिबार, बैशाख १३ १९:०९