१९ बैशाख २०८३, शनिबार
धोबिनी गापाको वाड न. १ र २ मा राहत वितरण गर्दै : अध्यक्ष कुर्मी
शनिबार, बैशाख २० २३:२५

धोबिनी गापाको वाड न. १ र २ मा राहत वितरण गर्दै : अध्यक्ष कुर्मी


राजन बानिया
पोखरिया २० बैशाख
बिश्वब्यापी महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचाउन नेपाल सरकार ले गरेको लकडाउन को सम्य मा दैनिक मजदुरी र जलादारी गरि कमाउने गुजारा चलाउने हरु लाई सरकारले तोके को मापदण्ड अनुसार पर्साको धोबिनी गाउँपालिका ले आज राहत समाग्री खद्यान बितरण गरेका छन।
राहत खद्यान समाग्री धोबिनी गाउँपालिकाको वार्ड नं १ घोडदौरपिपरा र वार्ड नं २ भिखमपुरमा ८ सय जना लाई बितरण गरेका छन।गाउँपालिका अध्यक्ष सुरेश प्र.कुर्मीको नेतृत्व मा राहत समाग्री खद्यान बितरण गरिएको छ।
अध्यक्ष कुर्मीले भने नेपाल सरकार ले गरेको लकडाउन मा धोबिनी गाउँपालिकाको जनता हरु लाई आफ्नो घरमा बस्न आग्रह गर्दै तपाईं हरुको गाउँ घर मा राहत समाग्री खद्यान लिएर आउदै छ ।धोबिनी गाउँपालिका को जनता हरु लाई भोकभुकै बस्न दिनौ सबै जनाको घरमा चुलो जलने बवस्था लिएर आएको बताए ।
गाउँपालिका मा रहेको गरिब ,बिपन्न, दलित ,मजदुरी गरि खाने कमाउने जनता हरु लाई राहत समाग्री खद्यान बितरण गरिने बताए। गाउँपालिका को वडा नं १ घोडदौरापिपरा , र वार्ड नं २ भिखमपुर मा ८ सय जनालाई बितरण गरिएको र बाकी भोली बितरण गरिने वार्डअधयक्ष हरुले बताए ।
धोबिनी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत भरत चौधरीले भने गाउँपालिकाले प्रतेक वडा हरुमा सर्वदलीय बैठक बसी सर्वदलीय हरु बाट बिपन्न ,गरिब,दलित हरुको पहिचान गरि धोबिनी गाउँपालिका वडा न.१ र २ मा नमाउली आएकोमा आज उनिहरु लाई गाउँपालिका तरफ बाट एक बोरा चावल, खाने तेल, नुन र दुई सय नगद लगायत समाग्री बितरण गरिएको छ । खद्यान बितरण को बेला राहत लिने हरु लाई एक मिटर को दुरी बनाएर खद्यान बितरण गराएको थियोे ।
राहत खद्यान समाग्री बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पारसनाथ प्रसाद कुर्मी,वार्ड नं १ अधयक्ष ललन राउत कुर्मी , वार्ड नं २ का अधयक्ष ननदलाल पटेल,नेकपा का हरि पटेल, वडासचिव , अशोक पटेल , मंसुर खां,केशराज प्रसाद कुर्मी, स्वास्थ्य संयोजक संजय यादव, भिखमपुर जनसमुदाय बिकास केन्द्र का अध्यक्ष सन्तोष पटेल , अमिका मुखिया, ईलाका प्रहरी कार्यालय लंगडी का प्रमुख बसन्त थापा, सशस्त्र प्रहरी र पत्रकार हरु लगायत को सहभागीता रहेको थियोे ।

Sharing is caring!

Latest News

नेपाल परिवार दल डोटीले बडी केदार गाउपालिकाका २५जना परिवारलाई खाद्यान्न बितरण गर्यो
शनिबार, बैशाख २० २३:२५
आजको राशिफल २०७७बैशाख २१आइतबार
शनिबार, बैशाख २० २३:२५