१९ बैशाख २०८३, शनिबार
बिहीबार, श्रावण २ ०९:१०

लक्ष्मीले ल्याइन् ‘फुङ्गालेर माइती देश’ तीज गीत

हिन्दु महिलाहरुको महान चार्ड तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकालाई भने गीत लागि सकेको छ । उनीहरुले अहिले तीजका लागि बनाएको गीत संगीत धमाधम सार्वजनिक गर्न थालेका छन् ।
यस्तैमा प्रत्येक बर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘फुङ्गालेर माइती देश’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन् ।
लोक शैलीमा तयार गरिएको गीतमा उनले घरको काम काज र तीजमा महिलालाई हुने उत्साहका बिषय गीतमा समेटेकी छन् ।
बिष्णु न्यौपानेको शब्द संगीत रहेको गीत माथी आकर्षक म्युजिक भिडियो पनि तयार गरिएको छ । थुप्रै कोरस प्रयोग गरिएको भिडियोमा गायिका आचार्यकै अभिनय देख्न सकिन्छ ।
करण चैसिरको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । पुरानो शैलीको गाउको घरको लोकेसनमा खिचिएको भिडियोले गीतलाई सिगार्ने काम गरेको छ ।

Sharing is caring!

Latest News

सामुदायीक सुरक्षा अभिबृद्धीका लागि अन्तरक्रिया
बिहीबार, श्रावण २ ०९:१०
सिन्धु मल्लको गित चैर मुसि चैर लोकप्रिय हुदै (भिडियो)
बिहीबार, श्रावण २ ०९:१०