धनगढीमा कोरोनाको चुनौती संग जुध्न थप तयारी हुदै
धनगढी,
धनगढीमा कोरोना भाइरस ( कोभिड १९) रोकथान र नियन्त्रणमा थप चुनौती आउन सक्ने भन्दै तयारी सुरु गरिएको छ ।
कैलाली जिल्ला संग नजिकै रहेको बाँकेमा कोरोना संक्रमितको संख्या बढेसैगै कैलालीमा थप सर्तकता अपनाउन थालिएको छ । भारतका बिभिन्न ठाउँमा क्वारेन्टाईनमा राखिएकाहरुलाई नेपाल भित्राउने अवस्था आउन सक्ने भन्दै धनगढीमा सुरुको ब्यबस्थापनको तयारी हुदैछ । यस अघि नै धनगढीमा कोरोना भाइरस ( कोभिड १९ का ) बिरामी देखिएकाले पनि हामी समस्यामा थियौं कैलाली जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले भने, नजिकै रहेको बाँके जिल्लामा जसरी समुदायतहमा संक्रमण देखिएको छ यसले झस्काएको छ ।
थप तयारी अन्तरगत सिमासिल,चेकजाँचमा कडाई गरेका छौं संयोजक थापाले भने, क्वारेन्टाईनको संख्या पनि थप गरिरहेका छौं । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कैलाली बहुमुखी क्याम्पस लगायतका ठाउँमा दुईदिन भित्रै १ हजार भन्दा बढी ब्यक्तिहरु राख्नसक्ने गरि क्वारेन्टाईनको ब्यबस्था भैरहेको बताए । उनले भने, सिमाबाट भित्रीने पेट्रोलियम पदार्थ लगायतका सवारी साधनहरु र चालकलाई सेनीटाईन मात्रैले नहुने भएपछि ¥यापिड परिक्षण सुरु गरेका छौं । अन्यत्रबाट लुकीछिपी आउने खतरा देखिएपछि सिमामा कडाई गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैलाली जिल्ला मंगलबार देखि पूर्ण रुपमा लकडाउन गरिएको बताए । उनले भने, जिल्ला प्रशासन कार्यालय कैलालीले दिने सवारी चलाउन दिईने ई पास समेत बन्द गरेका छौं । भारतका बिभिन्न ठाउँमा क्वारेन्टाईनमा रहेका नेपालीलाई नेपाल भित्राउने बिषयमा प्रदेश सरकारले संघ सरकार संग अनुरोध गरेको छ प्रमुख जिल्ला अधिकारी बोहराले भने, संघ सरकारबाट सकारात्क जवाफ आएमा तिनीहरुलाई ब्यबस्थापन गर्नुपर्ने हुन्छ । त्यसैले पनि धनगढीमा थप सर्तकता र तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भारतमा क्वारेन्न्टाईनमा राखेकाहरु नेपाल भित्राउने अवस्था आएमा कसरी ब्यबस्थापन गर्ने भन्ने तयारीमा आफुहरु जुटिरहेको बताए ।
