अलपत्र नेपालीको उद्धार हुने : कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डा. रावल
नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डा. रण बहादुर रावलले कोरोनाका कारण भारत तथा तेस्रो मुलुकमा अलपत्र परेका नेपालीहरुलाई तत्काल उद्धार गरि सुरक्षित रुपमा ल्याउनुपर्ने बताएका छन् । उनीहरुको उद्धारका लागि नेपाली कांग्रेसले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको नेता रावलको भनाइ छ ।
प्रतिपक्षको भूमिकाबाट वर्तमान सरकारलाइ सम्पुर्ण तवरबाट सहयोग गरेपनि सरकारले काम गर्न नसकेको समेत बताए । नेपाली काङ्ग्रेसले असल प्रतिपक्षको भूमिका निर्वाह गरेको बताउदै सरकारले गर्ने गरेका राम्रा नराम्रा कार्यको आलोचना सहित सहयोग समेत गरेको उनले बताए ।
कोरोना नियन्त्रण तथा रोकथामको लागि पनि मूख्य प्रतिपक्षको भूमिकाबाट सहयोग र साथ दिएको समेत प्रष्ट पारे । प्रदेश सरकारले सबै संग समन्वय गरी नीति बनाएर अगाडी बढ्न सल्लाह सुझाव दिएको तर पनि सुदूरपश्चिम सरकारले औपचारीक समन्वय नगरे पनि अनौपचारीक तरिकाबाट भए पनि कांग्रेसले कोरोना नियन्त्रणको लागि शत प्रतिशत सहगोग गरेको बताए।
राहत वितरण देखि लिएर स्वास्थ्य सामाग्री बितरण लगायत विभिन्न कार्यमा आफ्नो दलले सहयोग गरेको उनको भनाइ छ । कोरोना नियन्त्रणमा आगामी दिनमा पनि जनताको पक्षमा प्रदेश सरकारसंग समन्वय गर्दै सहयोग गरिरहने उनले बताए। सिमा बिबादको विषयमा बोल्दै उनले वर्तमान सरकारले यस बिषयमा मनोमानी गरिरहेको आरोप लगाए । उनले परराष्ट्र मन्त्राालयबाट हस्ताक्षर समेत नभएको पत्र आउनु जायज नभएको बताए।
