१८ बैशाख २०८३, शुक्रबार
भारतवाट आएका सिमासम्म पुगेका नेपालीहरुलाई खाजा खुवादै:अध्यक्ष कुवँर
शनिबार, जेष्ठ १० १३:३३

भारतवाट आएका सिमासम्म पुगेका नेपालीहरुलाई खाजा खुवादै:अध्यक्ष कुवँर

लकडाउनका बीच नाकामा भारतबाट फर्कनेहरूको भिड बढ्दै गएपछि उनीहरूको व्यवस्थापनमा पनि समस्या उत्पन्न भएको छ । यसै बीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले लकडाउनका बिच भारतका विभिन्न ठाउँवाट सिमासम्म पुगेका नेपालीहरुलाई खाजा खुवाएका छन् । अध्यक्ष कुवरले कैलालीको गौरीफन्टा सिमा नाका सम्म पुगेर अलपत्र परेका ९ सय ३० जना नेपालीहरुलाई चाउचाउ र पानी उपलब्ध गराएका हुन् ।

घर फर्किन पाउने आशामा भोकभोकै सिमा सम्म पुगेका सुदूरपश्चिम सहित विभिन्न प्रदेशका नागरिकहरुलाई सानो भएपनि केही राहत होस भन्ने उद्देश्यका साथ चाउचाउ र पानी वितरण गरेको अध्यक्ष कुवरले बताए । उनले धनगढीमा रहेको दुर्गा टेड्रर्सका सञ्चालक खेम चोखालवाट प्राप्त २१ पेटी चाउचाउ, कैपाल स्टोरका सञ्चालक कृष्ण पाण्डेबाट प्राप्त १० पेट चाउचाउ र लाल टेड्रर्सवाट प्राप्त २५ पेटी पानी सहित थप गरेर ९ सय ३० जनालाई चाउचाउ र पानी वितरण गरिको बताए ।

केही दिनदेखि खाना र पानी समेत नपाएर भोकभोकै सिमा सम्म पुगेका नेपालीहरुले सिमामै चाउचाउ र पानी उपलब्ध गराएमा खुसी हुदै उद्योग वाणिज्य संघका अध्यक्ष कुवरलाई धन्यवाद दिए । 

Sharing is caring!

Latest News

रोयल कोलाबोरेटिभ्स भारतबाट आएका नेपालीलाई खाना खुवाउदै
शनिबार, जेष्ठ १० १३:३३
कोभिड १९ को प्रभाव सिनेमा क्षेत्रलाई बचाउने हो भने २ वर्षसम्म कर छुट दिनुपर्छः चलचित्र उद्यमी आकाश अधिकारी
शनिबार, जेष्ठ १० १३:३३