ब्यवस्थित तरिकाले गन्तब्यमा सिमानाकामा पुगेका नागरिकलाई पठाउनुपर्छ : प्रमुख सचेतक तामाङ
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिबेशन सुरु भएको छ । अधिबेशनको शुरुमा बोल्दै नेकपाका प्रमुख सचेतक तारालामा तामाङले सिमामा पुगेका नागरिकहरुलाई सहज तरिकाले सम्बन्धित क्षेत्रको क्वारेन्टाइनमा पठाउनुपर्ने बिषयमा जोड दिएका छन् । उनले भने ‘भारतबाट आएकाहरुलाई सुरक्षित साथ गन्तब्य तर्फ भित्र्याउनुपछर्’ । त्यस्तै स्वास्थ्य सामग्रीमा कालोबजारी भइरहेको छ त्यो रोक्नुपर्ने उनको भनाई छ । तामाङले भारतबाट मजदूरी गर्ने नागरिक दिनानुदिन हजारौँ आइरहेका छन् । उनिहरुलाई रोजगार दिनेगरी अब बजेट ल्याउनुपर्नेमा जोड दिए ।
स्थानिय तहले स्थानिय श्रोत साधन प्रयोग गरेर क्वारेन्टाइन बनाइरहेका छन् । बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नबनाउनपनि सकिन्छ । अब सबै जनतालाई रोजगारी दिनेगरी बजेट ल्याउनुपर्छ । तामाङले भने ‘प्रदेश पुर्वाधारको बजेट मंसिर अन्तिममा सबै योजना दिइसकेको अवस्था थियो ।’ त्यो बजेट हालसम्म कार्यान्वयन भएन, किन ति योजनाहरु बेवारिसे छन्, कसले कार्यान्वयन गर्ने हो ?
तामाङले क्वारेन्टाइनमा बसेकाहरुको आरडिटि गर्ने की पिसिआर यसमा सरकारले बिषेस ध्यान दिनुपर्ने बताए । थप जनचेतना जगाउने, कर्मचारीको कामको मुल्याकंन गर्नेमा सरकारको ध्यान जानुपर्छ ।
सरकारले प्रदेशसभाको गरिमा राख्ने सांसदको सुझावलाई आत्मसात गर्ने बिषयमा ध्यान दिनुपर्छ । धेरै मन्त्रीहरु बोल्ने मात्रै गर्ने कम देखिएको छ । जती बोल्यो त्यती काम गर्न उनले सुझाव दिए । हामी बिस्तारै सिकिरहेको हुनाले कमी कमजोरी हुनसक्छ, धेरैजसो सांसदलाई बाइपास गरेर ल्याएको बजेट बिगतमा पास गरियो । अब सबैलाई समेटेर बजेट नल्याए हामी पास गर्दैनौँ ।
काम कारबाही हेर्दा बोल्ने एउटा र गर्ने एउटा देखिएको छ । बजेट बिनियोजन हुने असार मसान्तमा पुगेर खर्च हुने प्रबृति त्याग्नुपर्छ । देश २१ औँ सताब्दीमा पुगेको छ । सबै ठाउँको गतिबिधि एकै ठाउँमा बसेर थाहा पाउन सकिने अवस्थामा पुग्दापनि जातिय छुवाछुत कायम छ ।
कर्णाली प्रदेशको रुकुममा जातिय छुवाछुतको कारण हत्या भएको छ यस्ता दोशीलाई पक्राउ गरी कडा कार्बाही गर्नुपर्छ । अब यो कोरोना बाट संक्रमितहरुलाई कोरोनाबाट जिताउन र स्वदेश फर्किनेहरुलाई ब्यवस्थित तरिकाले भित्र्याउन आवश्यक छ ।