नमुना क्वारेन्टाईनमा भारतीय नागरिकको सहयोग
धनगढी,
भक्त वि वि हेल्पिङ ह्याण्डस फर ह्युमानिटिले र धनगढी उपमहानगरपालिका वडा नम्वर ३ ले सञ्चालन गरेको नमुना क्वारेन्टाईनमा सहयोग गर्ने हातहरुको घुईचो लागेको छ ।
भारतको पलियाका नागरिक धनगढीमा व्यवसाय गर्दै आएका ईरम बैंगल स्टोरका सकिल अहम्मद ,बालाजी मिठाईका सुभम गुप्ता, लाईन ईलेक्ट्रोनिक्सका महम्मद शाफीले क्वारेन्टाईनमा सहयोग गरेका छन ।

उनीहरुले ३ सय पिस मास्क, २० केजी चना, अण्डा एक पेटी, ५० बोतल सेनीटाईजर, स्याम्पो, ग्लोव्स लगाएतका समाग्री नमुना क्वारेन्टाईनलाई हस्तान्तरण गरेका हुन ।यस बाहेक ईरम बैंगल स्टोरका सकिल अहम्मदले लकडाउनका कारण चुलो नबलेका घरमा खाद्यन्न राहत वितरण गरेका थिए ।

वडा अध्यक्ष बलबहादुर ऐरले धेरै राम्रो काम गरेको इरम बैंगल स्टोरका सकिल अहम्मदले बताए । आगामी दिनमा पनि सक्ने सहयोग गर्ने उनले बताए ।
वडाको नमुना क्वारेन्टाईन विभिन्न सहयोगी हातबाट सञ्चालन भएको वडा अध्यक्ष बल बहादुर ऐरले बताए । आगामी दिनमा समाजमा आई पर्ने संकटहरुमा हुने मनका सहयोगी हातहरुले सहयोग गर्ने आशावादी रहेको उनले बताए ।

कोरोना भाईरसको जोखिमका कारण भारत वाट आएर १४ दिनका लागि क्वारेन्टाईनमा सुरक्षित बस्ने व्यवस्था रहेको वडा सदस्य ओम चन्दले बताए । क्वारेन्टाई अवधि पुगे पछि परिक्षण गरेर मात्र घर पठाउने व्यवस्था मिलाएको उनले जानकारी दिए । उनले सहयोगी हालहरुलाई धन्यवाद दिएका छन । आगामी दिनमा पनि क्वारेन्टाईन व्यवस्थापन सहयागमा जुट्न सहयोगी हातहरुलाई आग्रह गरेका छन ।
