१८ बैशाख २०८३, शुक्रबार
बडीमालिका मन्दिरमा दर्शन गर्न जानेलाई अब सहज हुने (भिडियो सहित)
सोमबार, श्रावण १२ ११:३१

बडीमालिका मन्दिरमा दर्शन गर्न जानेलाई अब सहज हुने (भिडियो सहित)

 सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको बाजुरामा अवस्थित बडीमालिका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुलाई यस वर्ष मन्दिरसम्म पुग्न सहज हुने भएको छ ।

बडीमालिका' स्वर्गको एक टुक्रा ...

बडीमालिका नगरपालिकाको सहकार्य र बडीमालिका ८ का युवाहरुको सक्रियतामा सदरमुकाम मार्तडीबाट बडीमालिका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुका लागि विभिन्न ठाउँमा साँकेतिक सूचकहरुका वोर्ड र खोलामा काठेपुल निर्माण गरिएपछि मन्दिरसम्म दर्शन गर्न जाने भक्तजनहरुका लागि सहज हुने भएको हो

यस वर्ष साउनको १८ गते बडीमालिका मन्दिरमा लाग्ने मेलाको लागि भक्तजनहरुले सदरमुकाम मार्तडीबाट यात्रा गर्दा बाटोमा नअलमलियुन र बाटो नबिराउन भन्ने उदेश्यका साथ अफ्ठ्यारो रहेको बाटोलाई पुन निर्माण र गन्तव्य स्थल सम्म जानका लागि साँकेतिक सूचकहरु तयार गरिएको बडीमालिका ८ का युवा हरिष थापाले बताएका छन् । उनले भने बडिमालिका मन्दिरमा जान चाहाने दर्शनयात्रीलाई यस वर्ष पहिलेको भन्दा अलि सहज हुनेछ ।अव बाटोमा अस्थायी चर्पीको पनि व्यवस्था गरिने छ ।

Badimalika Temple : हाम्रो सुन्दर बडीमालिका ...

यसरी तय गर्न सकिने छ मन्दिरसम्मको यात्रा
यस वर्ष १८ गते लाग्ने मेलाको लागि तिर्थालुहरु १५ गते सदरमुकाम मार्तडी देखि आफ्नो यात्रा प्रारम्भ गरि राती बाटोमा पर्ने वारि पाटन, सोता पाटन, घोडा पाटन र भितो चिर्ना पाटनमा बस्ने गर्दछन् ।

तिर्थालुहरु जो बिस्तारै हिड्नु हुन्छ वहाँहरुको बसाइँ नजिकको वारि पाटनमा या सोता पाटनमा हुने गर्छ भने धेरै हिड्नेहरुको अन्तिम स्थान घोडा पाटन या भितो चिर्ना हुने गर्छ । बिहानै चिया नास्ता खाएर फेरि त्रिबेनि पाटनकोलागि प्रस्थान गर्छन् १६ गते दिउसो र साँझको बाँस बिनी हुँदै १७ गते बिहानै बडिमालिकाको दर्शनको लागि जाने गर्छन् र १८ गते बिहान बडीमालिका मन्दिरमा पुजा लाग्ने गर्छ ।

दर्शनयात्रीले आफ्नो लागि बाटोमा आबश्यक पर्ने पानी, खाजा बाक्लो लुगा ओढ्ने पलास्टिक साथै टेन्ट बोक्न आवश्यक पर्र्छ । यो क्षेत्रमा रहेका हरियाली फाँटहरु ,उच्च पहाडहरु ,सेताम्य हिमाल अनि रंगीबिरङी फुलहरु प्राकृति रुपमा सुन्दर यबम सुरम्य छन।

जति हेरे पनि नअगाइने ,हेरिरहौं लाग्ने यहाँको प्राकृतिक सुन्दरताले जोसुकैको मन आकर्षित गर्छ। त्यसकारण यो पटक बडि मालिकाको दर्शन यबम घुम्ने अबसर हामी कोहिले नगुमाऔ । हामी सबैले सके सम्म बडीमालिका माताको दर्शन गर्न नविसौं ।नागरिक रैबार

Sharing is caring!

Latest News

बडीमालिका मन्दिरमा दर्शन गर्न जानेलाई अब सहज हुने (भिडियो सहित)
सोमबार, श्रावण १२ ११:३१
दुर्गेशको डान्स रहेको तिज गीत ठोक मादल सार्वजनिक (भिडियो सहित)
सोमबार, श्रावण १२ ११:३१