शुक्रबार, भाद्र ५ १९:०८
नेपाल स्वयंसेवक संघ प्रचारप्रसार संगठनको प्रदेश अध्यक्षमा -परियार
नेपाल स्वयंसेवक संघ प्रचारप्रसार संगठनको सुदूर पश्चिम प्रदेशको अध्यक्षमा युवा पत्रकार निराजन परियार चयन हुनुभएको छ ।
पछिल्लो समयमा नेपालका ७७ वटा जिल्लामा आफ्नो शाखा तथा कमिटी बिस्तार गरिसकेको यस संगठनले बिभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
नेपाल स्वयंसेवक संघको केन्द्रिय समितिले परियारलाई सुदुर पश्चिम प्रदेशको प्रचारप्रसार संगठन अध्यक्षमा चयन गरेको हो । पछिल्लो समयमा परियार पत्रकारिता पेशा संगै नागरिक समाज संस्था संग पनि आबद्ध रहनु भएको छ ।
एफएमडिसी,बिकास र सामाजिक परिबर्तनका लागि संचारको सुचना अधिकारी तथा अभियान अधिकारीको रुपमा पनि काम गर्दै आउनु भएको छ भने नेपाल फोटो पत्रकार महासंघको सुदूरपश्चिम प्रदेशको सदस्य समेत रहनुभएको छ ।
त्यस्तै नेपाल स्वयंसेवक संघ प्रदेश अध्यक्षमा नबिन थापा र प्रदेश महासचिवमा नरेन्द्र सिंह बोहरा चयन भएका छन् ।
