संस्कृती एक जुट हुनुपर्ने : उपमेयर मिश्र भट्ट
धनगढी, ३ असोज- धनगढी उपमहानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्टले आफ्नो संस्कृती बचाउन सबै क्षेत्रबाट एक जुट हुनुपर्ने बताएकी छिन् ।
हाम्रो संस्कृती राम्रो पहिचना नेपालले संबिधान दिवसको अबसरमा शनिबार धनगढीमा दिप प्रज्वलन कार्यक्रममा बोल्दै उपमेयर मिश्रभट्टले सो कुरा बताएकी हुन् । पछिल्लो समयमा संस्कृती लोप भैरहेको भन्दै चिन्ता व्यक्त गर्दै उपमेयर शुसिला मिश्रभट्टले आ–आफ्नो संस्कृती पहिचना बचाउन सबै एक जुट हुनुपर्ने आग्रह गरिन् ।
हाम्रो संस्कृती राम्रो पहिचना नेपालले संबिधान दिवसको अबसरमा शनिबार साँझ धनगढीमा दिप प्रज्वलन कार्यक्रम गरेको हो । हाम्रो संस्कृती राम्रो पहिचना नेपालका उपाध्यक्ष दलबहादुर बोगटीको अध्यक्षता भएको दिप प्रज्वलन कार्यक्रमको प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्टले रहेकी थिईन् ।
हाम्रो संस्कृती राम्रो पहिचना नेपालले सस्कृतीको जगेर्ना उदेश्यले संस्थाको स्थापना भएको उपाध्यक्ष दलबहादुर बोगटीले बताए ।
