३१ असार २०८३, बुधबार
बुधबार, कार्तिक १९ १७:१२

बलिउड अभिनेता फराज खानको ४६ बर्ष को उमेर मा निधन।

खबरचित्र सम्बादाता भारत।

बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा निधन भएको छ । बुधबार अभिनेता खानको बेलगुरुको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनको निधन भएको अभिनेत्री पूजा भट्टले जानकारी दिएकी छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत निधनको जानकारी दिँदै उनले दुःख समेत व्यक्त गरेकी छन् ।

‘भारी मनका साथ यो खबर भनिरहेकी छु कि फराजले हामी सबैलाई छाडेर गए, उनले छाडेको रिक्त ठाउँ कसैको उपस्थितिले पनि भरिँदैन’, उनले लेखेकी छन् । उनले मद्दतका लागि सबैलाई धन्यवाद दिँदै दुःखद् घडीमा परीवारलाई साथ दिन समेत आग्रह गरेकी छन् ।

फराज खान एक १९९० को दशकका चर्चित अभिनेता मानिन्थे । उनले ‘मेहन्दी’, ‘फरेब’, ‘दुल्हन बनू मैं तेरी’, र ‘चाँद बुझ गया’ जस्ता फिल्ममा काम काम गरेका थिए । खराब स्वास्थ्यका कारण उनी लामो समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहँदै आएका थिए ।

उनको आर्थिक अवस्था पनि एकदमै कमजोर रहेको थियो । बेलगुरु अस्पतालमा भएको सबै खर्च बलिउडकै अर्का अभिनेता सलमान खानले तिरेर उनलाई सहयोग गरेका थिए । उनी अभिनेता युसफ खानका छोरा हुन् ।

Sharing is caring!

बझाङमा दुई महिनाको अवधीमा मात्रै १० जनाले गरे आत्महत्या
बुधबार, कार्तिक १९ १७:१२
पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ।
बुधबार, कार्तिक १९ १७:१२