३१ असार २०८३, बुधबार
बुधबार, कार्तिक १९ १८:५०

प्रहरी सहायक निरीक्षक असई र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको राजिब गुप्ता को रहस्यमय नाम ।

खबरचित्र सम्बादाता । कार्तिक१९

प्रहरी सहायक निरीक्षक असई र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले धनगढीकै  १ व्यापारीलाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक  गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद हत्याकाण्डको अनुसन्धानका क्रममा धनगढीका व्यापारी राजिव गुप्ताको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले गुप्तालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ। प्रहरीको हत्या भएको राती जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक सिहले जानकारी दिनु भयो ।

राजिब गुप्ता प्रहरी जवान हत्या काण्ड मा सङ्ग्लगन ब्याक्ती ।

Sharing is caring!

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ।
बुधबार, कार्तिक १९ १८:५०
काठमाडौंको पशुपति भिजनस्थित आमादब्लम होटलको क्वारेन्टीनमा बसेका एक जना आठौं तलाबाट हाम फालेर घाइते।
बुधबार, कार्तिक १९ १८:५०